कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

आयात प्रतिस्थापन नगरे अर्थतन्त्रमा ठूलो चुनौती देखा पर्छ : गभर्नर अधिकारी

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके थप चुनौती उत्पन्न हुने बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फरेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै गभर्नर अधिकारले अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेकाले आयातलाई प्रतिस्थापन गर्न नसकेमा अर्थतन्त्रमा चुनौती कामय गरहने बताएका हुन् ।

आयात प्रतिस्थापन नगरे अर्थतन्त्रमा ठूलो चुनौती देखा पर्छ : गभर्नर अधिकारी

आयात बढ्दै जाने तथा सोअनुसारको विदेशी मुद्रा आर्जन घट्दै गएकाले मुलुकको अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थायित्व प्रमुख चुनौतीको रूपमा देखिएको उनले बताए । गभर्नर अधिकारीले चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स घट्दै गएको तथा आयात बढेको कारण सोधानान्तर घाटा र बैंकमा तरलता अभाव रहेको बताए । पेट्रोलियम पदार्थको मूल्यले बाह्य क्षेत्रमा चाप परेको र लगानी योग्य रकम नभएको कारण बैंकहरुमा ब्याजदर बढ्दै गएको गभर्नर अधिकारीको भनाइ छ ।

‘पछिल्लो समय पेट्रोलिय पदार्थको मूल्यवृद्धिले मूल्यवृद्धिमा चाप पर्ने अवस्था रहेको छ । आयातमा भएको उच्च वृद्धि तथा विदेशी मुद्रा आप्रवाह स्रोतको सीमितताले गर्दा बाह्य क्षेत्रमा दबाब सिर्जना भएको छ,’उनले भने । हाल देखिएको चुनौतीपूर्ण बाह्य पृष्ठभूमिका रूपमा कोभिडपूर्वको अवस्था सम्झनुपर्ने गभर्नर अधिकारीले बताए । कारोनाका कारण २०२०मा विश्वभर नै बाह्य व्यापार तथा बाह्य रेमिट्यान्स प्रभावित भएको उनको भनाइ छ ।

त्यस्तै गभर्नर अधिकारीले नेपालमा साढे चार दशकदेखि नै बाह्य व्यापार घाटामा रहेको बताए । चालु आर्थिक वर्षको सुरुवातदेखि सोधानान्तर स्थिति तथा चालु खाता घट्दै गएको र ८ महिनाको अवधिमा कुल वस्तुको निर्यात ८२.९ प्रतिशतले वृद्धि भई १ खर्ब ४७ अर्ब ७५ करोड पुगेको उनले बताए । कुल वस्तु आयात ३८.६ ले वृद्धि भई १३ खर्ब ८ अर्ब ७३ करोड पुगेको उनले जानकारी दिए । अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको रुस युक्रेन युद्ध जस्ता गतिविधिमा सुधार आउन धेरै समय लागेमा मूल्यमा परेको दबाब केही थप समयसम्म जोखिममा नै रहने गभर्नर अधिकारीले बताए । श्रीलंकाको अवस्था हेरेर आयात प्रतिस्थापनमा ध्यान दिनुपर्ने पनि उनले बताएका छन् ।

गभर्नर अधिकारीले अत्यधिक आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाई निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनमा जानुपर्ने बताएका छन् ।

प्रकाशित : चैत्र २५, २०७८ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×