कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सूर्यतारा सिमेन्टको १४ अर्ब लगानी र तल्लो अरुणको डीपीआर स्वीकृत

काठमाडौँ — बिहीबार बसेको लगानी बोर्डको ५० औं बैठकले सूर्यतारा सिमेन्ट उद्योगको १४ अर्ब २७ करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । बैठकले तल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि स्वीकृत गरेको बोर्ड कार्यालयका सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिए ।

सूर्यतारा सिमेन्टको १४ अर्ब लगानी र तल्लो अरुणको डीपीआर स्वीकृत

नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्नका लागि अध्ययन अनुमति दिन जर्मनीको कम्पनी डीआईएजीसँग सम्झौता गर्ने प्रस्ताव तयार गरेर बोर्डको अर्को बैठकमा पेश गर्ने निर्णय पनि भएको छ । त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटीका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको पनि अधिकारीले जानकारी दिए । आजको बैठकले लगानी बोर्डको कोष स्थापनासम्बन्धी अवधारणापत्र समेत स्वीकृत गरेको छ । बोर्डअन्तर्गतका आयोजनामा लगानी गर्नका लागि कोष बनाउने प्रक्रिया अघि बढाइसकेको छ ।

प्रकाशित : चैत्र १७, २०७८ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×