कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भारतीय नागरिक अग्रवालविरुद्ध कर छलीको मुद्दा दायर

काठमाडौँ — कर छलीको अभियोगमा राजस्व अनुसन्धान विभागले एकजना भारतीय नागरिक विरुद्ध मुद्दा दायर गरेको छ । भारत पश्चिम बंगाल राज्य सिलगुरी थाना स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने अमितकुमार अग्रवालविरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

भारतीय नागरिक अग्रवालविरुद्ध कर छलीको मुद्दा दायर

भारतीय आधारकार्ड र भारतीय राजदूतावासबाट प्राप्त जारी भएको परिचयपत्रका आधारमा अग्रवाल भारतीय नागरिक रहेको खुलेको विभागले जनाएको छ । उनले विमला इन्टरप्राइजेजका नामबाट व्यवसाय गरिरहेका थिए । ‘उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले कानून बमोजिम बिजक जारी नगरी अर्डर र इस्टिमेट फर्म, लुज बिल र गैरबिजक जारी गरी मालसामान बिक्री गरी भएको आयलाई आफ्नो आधिकारिक आयमा समावेश नगरी ठूलो परिमाणमा नगर घरमा राख्ने गरेको भेटिएको छ,’ विभागले दायर गरेको मुद्दाको विवरणमा भनिएको छ, ‘यसबाट अग्रवालले आयकर र मूल्य अभिवृद्धि करसमेत छली गरेको देखिन्छ ।’

विमला इन्टरप्राइजेज र यसका सञ्चालक अग्रवालबाट ३ करोड ८० लाख ३१ हजार ८५२ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना गरी कुल ७ करोड ६० लाख ६३ हजार ७०४ रुपैयाँ असुल उपर गरिनुपर्ने विभागले दायर गरेको मुद्दाको विवरणमा उल्लेख छ ।

प्रकाशित : चैत्र १६, २०७८ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×