कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

पुष्पमेला जारी, २० हजारले अवलोकन गरे

ललितपुर — ललितपुरस्थित जावलाखेलमा २३ औं पुष्प मेला (फ्लोरो एक्स्पो) जारी छ । बिहीबारदेखि सुरु भएको चारदिने पुष्प मेला आइतबार सम्पन्न हुने बताइएको छ । मेलाको पहिलो दुई दिनमा २० हजार जनाले अवलोकन गरिसकेका छन् भने ४५ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।

पुष्पमेला जारी, २० हजारले अवलोकन गरे

यो मेलामा ४५ हजार अवलोकनकर्ता र ७० लाख रुपैयाँको कारोबार हुने अनुमान रहेको फ्लोरी कल्चर एसोसियसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए ।

मेलामा अफिसियल स्टल चार, प्रतियोगितात्मक प्रदर्शनी स्टल दुई र व्यवसायिक स्टल ४५ सहित जम्मा ५१ स्टल छन् ।

जावलाखेल खेल मैदानमा आयोजित मेलामा मौसमी फूल, आलकारिक बोट बिरुवा, कटफ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउविजन, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सुक्ष्म तथा थोपा सिंचाई प्रविधि, आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष छन् ।

एसोसियसनका अध्यक्ष तामाङले पुष्प क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका फ्यानको पहलमा पुष्प प्रवर्द्धन नीति निर्माण भए पनि पछिल्लो समय नीति कार्यान्वयनमा सरकार उदासिन देखिएको गुनासो गरे ।

प्रकाशित : चैत्र १२, २०७८ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×