कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिमा कम्पनीहरूको चुक्ता पुँजी बढ्यो, जीवनलाई ५ र निर्जीबनलाई २.५ अर्ब

काठमाडौँ — नियामक निकाय बिमा समितिले बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेको छ । बिहीबार बसेको समितिको बोर्ड बैठकले सो निर्णय गरेको हो । कम्पनीको आकार, व्यवसायिक दायरा बढिरहेकाले पुँजी वृद्धि अत्यावश्यक रहेकाले वृद्धि गरिएको समिति स्रोतले बताएको छ ।

बिमा कम्पनीहरूको चुक्ता पुँजी बढ्यो, जीवनलाई ५ र निर्जीबनलाई २.५ अर्ब

अब जीवन बिमा कम्पनीले न्यूनतम ५ अर्ब र निर्जीबन बिमा कम्पनीले न्यूनतम साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्ने बिमा समितिका अध्यक्ष सुर्यराज सिलवालले बताए ।

हाल जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी न्यूनतम २ अर्ब र निर्जीबन बिमा कम्पनीहरुको १ अर्ब रुपैयाँ छ । तोकिएको पुँजी पुर्‍याउनका लागि समितिले एक वर्षको समय दिएको छ ।

प्रकाशित : चैत्र १०, २०७८ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?