कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रीलाई भेटेर निर्माण व्यवसायीले भने- खरिद नियमावली सच्याऔं 

काठमाडौँ — नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल टोलीले बुधबार दुई मन्त्रीलाई भेटेर सार्वजनिक खरिद नियमावलीमा रहेका त्रुटि सच्याउन माग गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मा र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई भेटेर निर्माण व्यवसायीले इन्धनसहित सामग्रीको मूल्यवृद्धिले पछिल्लो समयमा आयोजनाको लागत महँगो परेकाे गुनासो गरे ।

मन्त्रीलाई भेटेर निर्माण व्यवसायीले भने- खरिद नियमावली सच्याऔं 

भेटका लागि गएको महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीलाई अर्थमन्त्री शर्माले समयमै काम सकेर पुँजीगत खर्च गर्ने सरकारको लक्ष्यमा सघाउन आग्रह गरे । महासंघ टोलीले अत्याधिक मूल्य वृद्धिका कारण निर्माण कार्य अघि बढाउने अवस्था नरहेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत मूल्य समायोजन मार्गदर्शन-२ जारी गराउन आवश्यक पहल गरिदिन मन्त्री शर्मासमक्ष आग्रह गरे ।

महासंघको टोलीले बुधबार नै सहरी विकासमन्त्री झाँक्रीसँग पनि भेट गरेको हो । मन्त्री झाँक्रीले खरिद नियमावलीको संसोधनबाट मात्रै निर्माण उद्योगको समस्या समाधान नहुने भन्दै खरिद ऐन/कानुनमै संसोधन आवश्यक रहेको बताइन् । निर्माण कार्यमा समस्या देखिने बित्तिकै निर्माण व्यवसायीलाई दोष थुपार्ने प्रवृत्ति पनि गलत भएको भन्दै झाँक्रीले सरकारी तहबाटै योजना छनोटदेखि नै गलत अभ्यास हुने गरेको बताइन् ।

स्वदेशमा सञ्चालित ठूलठूला परियोजनामा विदेशी व्यवसायी आवश्यक नभएको भन्दै उनले समयमा नै गुणस्तरीय काम सक्ने सर्तमा व्यवसायीलाई अहिलेभन्दा बढी मोबिलाइजेसन खर्च दिनुपर्ने आवश्यकता रहेको औंल्याइन् ।


प्रकाशित : चैत्र ९, २०७८ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?