कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

१४ अंक घट्यो नेप्से

काठमाडौँ — आइतबार सेयर बजारको परिसूचक नेप्से १४.६७ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से २६१६ अंकमा कायम भएको छ । कारोबार रकम जम्मा २ अर्ब २७ करोडमा खुम्चिएको छ । कुल १४१ कम्पनीको मूल्य घट्यो भने ४६ को बढ्यो, ६ को स्थिर रह्यो । 

१४ अंक घट्यो नेप्से

बैंकिङ ८, विकास बैंक ५३, फाइनान्स २५, होटल तथा पर्यटन ६३, जलविद्युत् १३, जीवन बीमा १९७, उत्पादन ६८, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा ७४, अन्य ३२ र ब्यापार उपसमूह ४१ अंकले घटे । लगानी उपसमूह भने १.४४ अंकले बढ्यो ।

राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको मूल्य १० प्रतिशतले बढ्यो । निफ्राको मूल्य ४.८ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, नेपाल टेलिकम, अपी पावर र नेपाल बैंक क्रमश: अगाडि रहे ।


प्रकाशित : चैत्र ६, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?