चैतमा निक्षेपको ब्याजदर नबढ्ने- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चैतमा निक्षेपको ब्याजदर नबढ्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले चैतका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाउँदा पनि निक्षेप नआउने भएपछि बैंक तथा वित्तीय संस्थाले चैत महिनाका लागि ब्याजदर स्थिर राख्ने भएका हुन् । यसका लागि आइतबारसम्म वाणिज्य बैंक र विकास बैकका छाता संगठनहरुले औपचारिक निर्णय गरिसकेका छन् ।


फाइनान्स कम्पनीहरुको छाता संगठन नेपाल वित्त कम्पनी संघले पनि आइतबार ब्याजदर नबढाउने निर्णय गर्ने स्रोतले बताएको छ । ‘वाणिज्य बैंक र विकास बैंकले ब्याजदर नबढाउने भएपछि वित्त कम्पनीले मात्र किन बढाउने भन्ने कुरा आएको छ,’ स्रोतले भन्यो, ‘फेरि बजार बिगार्नु पनि भएन ।’

यसरी चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले सोमबार फागुनकै ब्याजदर प्रकाशित गर्ने छन् । जसअनुसार वाणिज्य बैंकहरुको हाल एक वर्षे मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकिएकाे छ । गत माघको तुलनामा फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत विन्दुले बढाएका थिए । यसका आधारमा यही फागुनमा वाणिज्य बैंकहरुमा संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम भएको छ । सहमति अनुसार नै बैंकहरुले नयाँ ब्याजदर प्रकाशित गर्ने भएकाले चैत महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउने छन् ।

यस्तै, विकास बैंकहरुले पनि चैत महिनाका लागि एक वर्षे मुद्दती निक्षेपको ब्याजदर अधिकतम ११.५५ प्रतिशतमै स्थिर राख्दै छन् । यो दर फागुनकै हो । फागुन महिनामा फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याजदर एक प्रतिशत विन्दुले बढाएर ११.७१ प्रतिशत कायम गरेका थिए । उनीहरुले चैतमा पनि त्यही ब्याजदर प्रकाशित गर्ने स्रोतले बताएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७८ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्

रुस-युक्रेन तनाव : १३ सय युक्रेनी सैनिकको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालसम्म युक्रेनका १३ सय सैनिकको मृत्यु भएको बताएका छन्  । युक्रेनको राजधानी किभमा एक पत्रकार सम्मेलनमा उनले  रुसले गरेको हमलामा रुसतर्फका पनि सयौं सैनिकको मृत्यु भएको बताउँदै शुक्रबार मात्रै ५-६ सय रुसी सैनिकले आत्मसमर्पण गरेको दाबी गरे ।

रुसले प्रहार गरेको क्षेप्यात्र नियाल्दै युक्रेनी प्रहरी । तस्बिर : रोयटर्स

रुसी सैनिकलाई युक्रेनमा हमला गर्नुको उचित कारणसम्म थाहा नभएको भन्दै राष्ट्रपति जेलेन्स्कीले त्यस्ता सैनिकहरूले आत्मसमर्पण गरेको बताएका हुन् ।

केहि दिनअघिदेखि रुसले युक्रेनका विभिन्न स्थानमा हमला गरिरहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको आइतबार १३ दिन पुगिसकेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७८ १३:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×