२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको आवेदन (सूचीसहित)

कान्तिपुर संवाददाता

काठमाडौँ — हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धकका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको छनोट समितिले रितपूर्वक भरिएका १२ जनाको आवेदन स्वीकृत गर्दै अन्तर्वार्ताका लागि बोलाउने निर्णय गरेको हो । अढाई महिनादेखि रिक्त महाप्रबन्धक पदका लागि मन्त्रालयले माघ २६ गते आवेदन खुलाएको थियो ।

हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको आवेदन (सूचीसहित)

मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार स्वीकृत आवेदकहरुमा भरत रेग्मी, उदयकुमार गुप्ता, कुमार खड्का, कृष्ण प्रसाद यादव, घनश्याम न्यौपाने, दिनेश कुमार यादव छन् । त्यस्तै, नबिन कुमार कर्ण, बसन्त कुमार पाण्डे, भूपेन्द्र प्रसाद अर्याल, राजकुमार चौधरी, राम किसन गिरी, सन्तोष कुमार तामाङलाई अन्तर्वार्ताका लागि छनोट गरिएको मन्त्रालयले जनाएको छ । छनोट भएका उम्मेद्वारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको समय पछि सार्वजनिक गरिने जनाइएको छ ।

स्वीकृत आवेदकको सूची


प्रकाशित : फाल्गुन २६, २०७८ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?