२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

तस्करी हुने सुपारी, मरिच र केराउको आयात खुला

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले उद्योगका लागि सुपारी, मरिच र केराउको आयात खुलाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा एक सूचना जारी गर्दै उद्योगका लागि ती वस्तुको आयात खुलाएको हो । लामो समयदेखि तस्करी हुँदै आएको उल्लेखित वस्तुकाे आयात व्यापारीहरूको चलखेलमा खुला गरिएको हो ।

तस्करी हुने सुपारी, मरिच र केराउको आयात खुला

अब वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्षको लागि ती वस्तुको आयात गर्न स्वीकृति दिनेछ । मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेका बेला धमाधम करिब १५ सयभन्दा बढी वस्तुको आयातमा कडाई गरिररहेका बेला सरकारले औद्योगिक प्रयोजनका लागि भन्दै यी वस्तुको आयात भने खुला गरेको हो । हालै राष्ट्र बैंकले सुन दैनिक आयात हुने कोटा समेत २० किलोबाट घटाएर १० मा सीमित गरेको छ । अन्य कतिपय वस्तु आयातका लागि एलसी खोल्दा नै निश्चित मार्जिन रकम राख्नुपर्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार - तस्करी गर्न सुपारी, केराउ अत्यधिक आयात

प्रकाशित : फाल्गुन २६, २०७८ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?