२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

धेरैजसाे कम्पनीको सेयर मूल्य घट्दा नेप्से भने बढ्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार सेयर बजारमा ११८ कम्पनीको मूल्य घटेको छ । कुल १९२ कम्पनीको सेयर कारोबार भएकोमा ६६ को मात्रै बढ्यो भने ८ को स्थिर रह्यो । धेरैजसाे कम्पनीको मूल्य घट्दा पनि नेप्से परिसूचक भने १.५५ अंकले बढ्यो । पुँजीकरण उच्च भएका टेलिकम, नबिल बैंक, ग्लाेबल आईएमई बैंक लगायत केही कम्पनीको मूल्य बढ्दा समग्र नेप्से प्रभावित देखिएको हो । आजको कारोबारपछि नेप्से २५४४ अंकमा कायम भएको छ ।

धेरैजसाे कम्पनीको सेयर मूल्य घट्दा नेप्से भने बढ्यो 

जम्मा २ अर्ब ६० करोड रुपैयाँको मात्रै धितोपत्र कारोबार भयो । बैंकिङ ६, होटल तथा पर्यटन १४, उत्पादन ८७, निर्जीवन बीमा ९ र अन्य उपसमूह ३५ अंकले बढे । त्यस्तै व्यापार १५, माइक्रोफाइनान्स ४, जीवन बीमा १५०, जलविद्युत ३२, फाइनान्स २८ र विकास बैंक उपसमूह २१ अंकले घटे ।

बुद्धभूमि हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.८ प्रतिशतले बढ्यो । बोटलर्स नेपाल तराईको मूल्य ५.४ प्रतिशत बढ्यो । पाँचथर पावर कम्पनीको मूल्य सबैभन्दा धेरै ६.९० प्रतिशतले घट्यो । शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एसिया बैंक तथा पाँचथर पावर कम्पनी कारोबारका आधारमा क्रमश: अगाडि रहे ।


प्रकाशित : फाल्गुन २३, २०७८ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?