कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

भन्सार छलेर मदिरा ल्याउने ४ जना विरुद्ध मुद्दा दायर

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतबाट मदिराको चोरी पैठारी गर्ने चारजना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभिन्न भन्सार नाकाहरूबाट साढे ४ करोड रुपैयाँ बराबरको मदिरा अवैध रूपमा भित्र्याएको र राजस्व छलेको अभियोगमा उनीहरूविरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो ।

भन्सार छलेर मदिरा ल्याउने ४ जना विरुद्ध मुद्दा दायर

मुद्दा दायर गरिएका व्यक्तिहरूमा पर्सा जिल्ला सुगौली गाउँपालिका २ घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने सन्तोषचन्द्र बख्रेल, पर्साको ठोरी गाउँपालिका ५ सुवर्णपुर घर भई काठमाडौं हाडिगाउँ बस्ने रविन पाख्रिन, सर्लाही बरथहवा नगरपालिका ९ घर भई काठमाडौं महानगरपालिका ७ सरस्वती नगरपालिका ७ बस्ने नारायणप्रसाद घिमिरे र कागेश्वरी मनहरा ६ का शैलेस पन्त रहेका छन् ।

उनीहरू विरुद्ध ४ करोड ४६ लाख ३७ हजार रुपैयाँ बराबर बिगो कायम गरिएको छ । साथै उनीहरूले भन्सार छलेर ल्याएको अवैध मदिरा र ढुवानी साधनसमेत जफत गरिएको विभागले जनाएको छ ।

प्रकाशित : फाल्गुन २३, २०७८ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×