कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याग्दीमा ११ जलविद्युत् आयोजना बन्दै

म्याग्दीखोलामा ३, राहुघाटखोलामा ३ र अन्नपूर्ण गाउँपालिकामा ५ आयोजना
घनश्याम खड्का

म्याग्दी — नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीको दिर्घकालिन सेवा–सुविधाका कुराहरू समेटिएको पत्र चैतको पहिलो हप्ताभित्रमा स्विकृतिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाउन बिहीबार कर्मचारी युनियन र प्राधिकरण व्यवस्थापनबीच सहमति भएको छ । याेसँगै कर्मचारीले एक हप्तादेखि जारी विरोध कार्यक्रम स्थगित गरेका छन् ।

म्याग्दीमा ११ जलविद्युत् आयोजना बन्दै

जिल्लाका तीन वटा जलाधार कालीगण्डकी, म्याग्दी र राहुघाट खोलामा ३८८ भन्दा बढी मेगावाट क्षमताका १० जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । म्याग्दीखोला जलाधारमा समेटिएका धौलागिरि र मालिका गाउँपालिकामा पर्ने म्याग्दीखोलामा ३, रघुगंगा गाउँपालिकामा पर्ने राहुघाटखोलामा ३ र कालीगण्डकी जलाधारमा पर्ने अन्नपूर्ण गाउँपालिकामा ५ आयोजना बनिरहेका हुन् ।

सदरमुकाम बेनीबाट २४ किमि पश्चिम मालिका गाउँपालिका र धौवलागिरि गाउँपालिकाको सीमावर्ती फेदीमा बाँध निर्माण गरी ५ किमि लामो सुरुङबाट म्याग्दीखोलाको पानी ल्याई दु:खुबेंसीमा विद्युत्गृह बनाउने गरी दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाले सुरुङका लागि अडिट निर्माण थालेको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड मुख्य प्रवद्र्धक रहेको आयोजनामा प्रवासमा रहेका जिल्लावासीको ठूलो लगानी छ ।

‘प्रवासी म्याग्दीवासी र जिल्लावासीको लगानी रहेको दरबाङ म्याग्दीखोला जलविद्युत् निर्माण सुरु भएको छ,’ धौलागिरि कालिका हाइड्रो लिमिटेडका अध्यक्ष विनोद कुँवरले भने, ‘अब कामले तीव्रता लिन्छ । अहिले अडिटको काम थालेका छौं । थप उपकरण ल्याउने क्रम सुरु गरेकाले छिट्टै ड्याम र टनेलको काम सुरु हुन्छ ।’ धवलागिरि गाउँपालिका ५ खाम्लामा ड्याम बनाई मालिका, ७ भारवाङमा विद्युत्गृह बन्ने अपर हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको ५३.५ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत् आयोजना र धवलागिरि ४ मुदीमा निर्माण हुने ५७.३ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजनाले पनि धमाधम पहुँच मार्ग निर्माण गरिरहेका छन् ।

जिल्लाको बीच भागबाट रघुगंगा गाउँपालिका ३–८ वडा भित्र बग्ने राहुघाट खोलामा ४२ मेगावाटको राहुघाट, ४८.५ मेगावाटको अपर राहुघाट र ३५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको राहुघाट जलविद्युत्को हालसम्म ३५ प्रतिशत काम भएको आयोजनाले जनाएको छ । आयोजनाको सिभिलतर्फ भारतको जयप्रकाश एसोसिएट र इलेक्ट्रोमेकालिकलतर्फ भारतीय सरकारी कम्पनी भारत हेभी इलेक्ट्रिकल्स (भेल) ले ठेक्का लिएका छन् ।

राहुघाट खोलामै तुँदीपावर लिमिटेडले नै ४८.५ मेगावाटको अपर राहुघाट र ३५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत् एक साथ सुरु गरेको छ । रघुगंगा गाउँपालिका–८ मंगलेमा बाँध बनाई राहुघाट खोलाको पानी चिमखोलाको बन्दीमा ल्याएर विद्युत् उत्पादन गर्ने र सोही पानीलाई फेरि अर्को टनेलमा छिराएर चिमखोलाकै पुछारमा विद्युत्गृह बनाउने गरी अपरराहुघाट आयोजना पनि सञ्चालनमा छन् । दुवै आयोजनाले पहुँचमार्ग निर्माणपछि टनेल निर्माण थालेका छन् ।

अन्नपूर्ण गाउँपालिकामा पर्ने कालीगण्डकी जलाधारका घारखोला र मिस्त्रीखोलामा विभिन्न ५ वटा जलविद्युत् आयोजना बनिरहेका छन् । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने नीलगिरि र अन्नपूर्ण हिमालबाट बग्ने मिस्त्रीखोलामा ३८ मेगावाट क्षमताको नीलगिरि–१ र ७१ मेगावाटको नीलगिरि–२ जलविद्युत् आयोजनाको नीलगिरि खोला हाइड्रोपावर लिमिटेडले एकसाथ बाँध, टनेल र विद्युत्गृह बनाइरहेका छन् ।

मिस्त्रीखोलाकै सहायक रेलेखोलामा ह्युम कन्सल्ट प्रालि प्रवद्र्धक रहेको ६ मेगावाट क्षमताको रेलेखोला र सुपर घलेम्दी हाइड्रो प्रालिले ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी निर्माण थालेका छन् । दुवै आयोजनाले पहुँच मार्ग निर्माण सकेर ड्यामसाइडमा काम अघि बढाएका छन् ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने मिस्त्रीखोलामा माउन्टेन इनर्जी प्रालिले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला र मिस्त्रीको सहायक घलेम्दीखोला जलविद्युत् आयोजनाले ६ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय ग्रिडमा जोडिसकेका छन् ।

प्रकाशित : फाल्गुन १९, २०७८ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?