२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

ढुवानी भाडा बढाउन पेट्रोलियम व्यवसायीको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — पेट्रोलियम क्षेत्रका तीन वस्तुगत संगठनले डिजेलको मूल्य वृद्धिका आधारमा ढुवानी भाडा कायम गर्न माग गरेका छन् । स्वचालित ढुवानी भाडा लागू नगरिँदा नाेक्सान पुगेको जनाउँदै राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले एलपी ग्यास ढुवानी गर्दा लाग्ने भाडा डिजेलको मूल्य वृद्धिको अनुपातमा बढाउनुर्ने माग गरेको हो । 

ढुवानी भाडा बढाउन पेट्रोलियम व्यवसायीको माग

‘अढाई वर्षअघि ढुवानी खर्चको कम्पोनेन्ट बनाउँदा डिजेल प्रतिलिटिर ७८ रुपैयाँ थियो । अहिले १ सय २८ रुपैयाँ पुगेको छ,’ नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिव घिमिरेले भने, ‘तसर्थ ढुवानी भाडा दर स्वचालित गराउनुपर्ने हाम्राे माग हो ।’ घिमिरेका अनुसार यी सबै विषयमा नेपाल आयल निगमले प्रतिवेदन बनाइसकेको छ । तर, कार्यान्वयन भएको छैन ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिमा नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ आवद्ध छन् । समितिले पेट्रोलियम ऐन बनाउनुपर्ने, एलपी ग्यास बिक्री तथा ढुवानी विनियमावली परिमार्जन गर्नुपर्ने तथा पेट्रोलियम व्यवसाय सुधार कार्ययोजना लागू गर्नुपर्ने लगायतका माग अघि सार्ने निर्णय समेत गरेको छ ।


प्रकाशित : फाल्गुन १८, २०७८ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?