कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले प्रक्राउ गरेको छ । चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले अग्रवालाई पक्राउ गरेको हो । शनिबार पक्राउ परेका उनको आइतबारदेखि चार दिन म्याद मागेर अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले बताए । 

ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

‘५० लाख रुपैयाँको चेक बाउन्सको अभियोगमा करिब ६ महिनाअघि नै टंक समशेर जबरा र संजय अधिकारीको उजुरी परेको थियो,’ एसएसपी गिरीले भने, ‘सोही उजुरीका आधारमा शनिबार पक्राउ गरिएको हो ।’ बैंक तथा वित्तीय संस्था र साथीभाइको गरी करिब १ अर्ब रुपैयाँ ऋण भुक्तानी गर्न नसकेर अमित लगायत ग्रिनलाइनका सञ्चालकहरु फरार भएका थिए ।

फरार भएको करिब एक महिनापछि आफै प्रहरी सम्पर्कमा आएका थिए । अग्रवालले पछिल्लो समय कोरोनाका कारण आफ्नो व्यवसाय संचालनमा समस्या रहेको बताउँदै आएका थिए । सम्पर्कमा आएपछि माघ २८ गते पत्रकार सम्मेलन गरेर उनले आफ्नो कारोबारको विवरण सार्वजनिक गरेका थिए । सो क्रममा आफ्नो जायजेथा बेचेर भएपनि सबै ऋण चुक्ता गर्ने प्रतिवद्धता गरेका थिए । ६ महिना अघिको उजुरीका आधारमा प्रहरीले अहिले किन अग्रवालाई प्रक्राउ गर्यो भन्ने विषयलाई चासो र आशंकाका रुपमा हेरिएको छ । प्रहरीले भने खोजी गर्दै जाँदा बल्ल फेला परेको बताएको छ ।

राष्ट्र बैंकका अनुसार ग्रीनलाइन सेन्टरले मेगा बैंकबाट करिब २४ करोड, ग्लोबल आईएमइ बैंकबाट साढे ७ करोड, एभरेष्ट बैंकबाट करिब २० करोड र इन्भेष्टमेन्ट बैंकबाट करिब ३० करोड रुपैयाा कर्जा लिएको छ । यी सबै बैंकले चालु पुँजी कर्जा प्रदान गरेका हुन् । कर्जा प्रवाह गर्दा सबै बैंकले स्टक, स्थिर सम्पत्ति केही धितो त राखेका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७८ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×