कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गौतमबुद्ध विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट

सन्जु पौडेल

तिलोत्तमा — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुँदैछ । बैंककबाट हिजो साँझ भैरहवा आइपुगेको एरोनटिकल रेडियो अफ थाइल्यान्ड–एरो थाई) ले विमानस्थलमा परिक्षण उडान गर्ने भएको हो ।

गौतमबुद्ध विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट

उडानका क्रममा उसले विमानस्थलमा जडित उपकरण सही जडान भए नभएको, ती उपकरणले काम गरे वा नगरेको बारेमा परीक्षण गर्नेछ । फ्लाइट बिहान साढे ११ देखि १२ को बीचमा सुरु भई कति बजेसम्म हुन्छ भन्नेबारे जहाजमा आएका क्रुले निधो गर्ने आईसीबी–टुका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रविन न्यौपानेले बताए । उनका अनुसार पहिलो फ्लाइटपछि खाना खाइ क्रु पुन : उडान भर्नेतर्फ लाग्नेछ ।

क्यालिब्रेसन फ्लाइट अवधिभरि विमानस्थलबाट हुने अन्तरिक उडानको समय तालिका भने फेरिएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आन्तरिक उडान हुने छैनन् । यसबाट यात्रुलाई पर्न जाने समस्यालाई दृष्टिगत गरी प्राधिकरणले मौसमले साथ दिए सो अवधिका लागि बिहानैबाट १० बजेसम्म र साँझ ५ बजेपछि विमानको मागअनुसारको समयसम्म उडान सुविधा दिने जनाएको छ ।

परीक्षण अवधिभर आकाशमा ड्रोन क्यामेरा नउडाउन र रेडिएसन आउने कुनै प्रकारका लाइट नबाल्न प्राधिकरणले सञ्चारमाध्यममा सूचना प्रकाशन गरी आग्रह गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा विमानस्थलमा १० दिनसम्म परीक्षण उडान सञ्चालन हुन लागेको हो ।

प्रकाशित : फाल्गुन ६, २०७८ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×