२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

धितोपत्र बोर्ड अध्यक्षका लागि ३ जनाको नाम सिफारिस 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको छ । समितिले सिफारिस गरेका ३ जनामध्ये एक जनालाई अब मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने छ ।  

धितोपत्र बोर्ड अध्यक्षका लागि ३ जनाको नाम सिफारिस 

समितिको बैठकले यसअघि छनोटमा परेका ५ जनामध्ये ३ जनाको नाम सिफारिस गरेको स्रोतले जानकारी गराएको छ। सिफारिस गरिएका नामहरुमा गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमाल छन् । छनोट भएका ५ जनामध्येबाट समितिले निरज गिरी र खगेन्द्र कटुवालको नाम हटाएको हो ।

सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङ्गानाको बर्खास्तपछि उक्त पद खाली छ । सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको भेटिएपछि ढुङ्गानालाई सरकारले बर्खास्त गरेको थियो । धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ ।


प्रकाशित : फाल्गुन २, २०७८ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?