कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेयर बजार १ दिन बढ्दा ४ दिन घट्यो, अन्य उपसमूह मात्रै बढ्यो

काठमाडौँ — यो साता सेयर बजारको परिसूचक नेप्से ७५ अंकले घटेको छ । गत साता २८७६ अंकमा रहेर बन्द भएको नेप्से यो साता २८०१ अंकमा कायम भएको छ । यो साता ५ दिन कारोबार हुँदा १ दिन मात्रै बजार बढ्यो । अरु ४ दिन भने घट्यो । 

सेयर बजार १ दिन बढ्दा ४ दिन घट्यो, अन्य उपसमूह मात्रै बढ्यो

साताको पहिलो दिन आइतबार परिसूचक नेप्से ४०.५७ अंकले घट्यो । सोमबार १५.६९ अंकले बढ्यो । मंगलबार १६.३०, बुधबार २२.११ र बिहीबार ११.९६ अंक घट्यो ।

कारोबार रकम पनि यो साता बढ्न सकेन । गत साता सबै दिनको कारोबार ५ अर्बभन्दा बढी थियो । यो साता आइतबार कुल ५ अर्ब ८३ करोड, सोमबार ५ अर्ब २ करोड, मंगलबार ६ अर्ब २८ करोड, बुधबार ३ अर्ब ४७ करोड र बिहीबार ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भयो ।

यो साता जीवन बीमा उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । सो उपसमूह ४.७ प्रतिशतले घट्यो । खासगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मूल्यमा भारी गिरावट आउँदा सो उपसमूह बढी प्रभावित रह्यो । यो साता अन्य उपसमूह मात्रै बढ्यो । सो उपसमूह १.४५ प्रतिशतले बढ्यो । नेपाल टेलिकमको मूल्य बढ्दा समग्र उपसमूह बढेको हो ।

साताभर उपसमूहको उतारचढाव :

उपसमूह

वृद्धिदर वा गिरावट दर

बैंकिङ

(२.८८)

जीवन बीमा

(४.७)

निर्जीवन बीमा

(२.०३)

उत्पादन

(०.२८)

माइक्रोफाइनान्स

(३.७७)

विकास बैंक

(३.९५)

जलविद्युत

(४.१४)

होटल तथा पर्यटन

(०.६६)

व्यापार

(०.८२)

फाइनान्स

(३.९४)

अन्य

१.४५


प्रकाशित : माघ २८, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?