कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आगामी साउनपछि विद्युत् प्राधिकरणका कर्मचारीले स्वेच्छिक अवकास लिन नपाउने

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले आगामी साउनपछि स्वेच्छिक अवकास लिन नपाउने भएका छन् । प्राधिकरणले स्वेच्छिक अवकास सम्बन्धी व्यवस्था खारेज गरेको छ । कुनै कर्मचारीले अहिले नै अवकास लिन चाहेमा आगामी असार मसान्तसम्म निवेदन दिइसक्नुपर्ने पनि प्राधिकरणले जनाएको छ ।

आगामी साउनपछि विद्युत् प्राधिकरणका कर्मचारीले स्वेच्छिक अवकास लिन नपाउने

गत पुस २१ गते बसेको प्राधिकरण सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । ‘नेपाल विद्युत् प्राधिकरण सेवा, शर्त विनियमावली २०७५ को विनियम १०० मा भएको स्वेच्छिक अवकाससम्बन्धी व्यवस्था २०७९ साउन १ गतेबाट खारेज गर्ने निर्णय भएको छ,’ प्राधिकरणले आइतबार जारी गरेको सूचनामा भनिएको छ, ‘विनियमावलीमा तोकिएको शर्त पुरा गरेका स्वेच्छिक अवकासका लागि इच्छुक कर्मचारीले आवस्यक प्रक्रिया पुर्‍याई २०७९ असार मसान्तभित्र निवेदन दिइसक्नुपर्नेछ ।’


प्रकाशित : माघ २५, २०७८ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×