कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

भारतबाट लत्ताकपडाको अवैध आयात, आइतबार थप ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ — भारतबाट पछिल्लो समय भन्सार छलेर ठूलो मरिमाणमा लत्ताकपडा नेपाल भित्रिरहेको पाइएको छ । अवैध रुपमा लत्ताकपडा नेपाल ल्याएर बेचेको अभियोगमा राजस्व अनुसन्धान विभागले पछिल्लो तीन दिनमा मात्रै १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

भारतबाट लत्ताकपडाको अवैध आयात, आइतबार थप ७ जनाविरुद्ध मुद्दा दायर

भन्सार छलेर लुकीचोरी कपडा ल्याउने ७ जना विरुद्ध विभागले आइतबार उच्च अदालत हेटौंडामा मुद्दा दायर गरेको हो । त्यस्तै, विभागले गत बिहीबार २ जना र शुक्रबार ३ जनाविरुद्ध उच्च अदालत बुटवलमा यस्तै प्रकृतिका मुद्दा दायर गरेको थियो ।

दुई महिनाअघि जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले ३१ पोका कपडा वीरगन्जबाट लुकाई छिपाई काठमाडौं ल्याइरहेको अवस्थामा हेटौंडामा समातेको थियो । अभी ट्रेडर्स कलैयाका नाममा जारी भएको बिजकमा ना ७ ख ७२५ नम्बरको ट्रकले प्लास्टिक दाना भनेर लुकाई छिपाई कपडा ल्याइरहेको अवस्थामा प्रहरीले पक्रेको थियो । उक्त घटनासँग जोडिएका ७ जनाविरुद्ध आइतबार उच्च अदालत हेटौंडामा मुद्दा दायर गरिएको हो ।

मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ६ का विशाल राई, पर्साको वीरगन्ज महानगरपालिका २२ का इन्तयाजुल हक मंसुरी र इन्ताज मंसुरी, सिन्धुली भिमस्थानका मुकुन्द प्रसाद काफ्ले, धादिङ गजुरी गाउँपालिका ४ की सन्तोषी नेपाली, पर्सा बगहीका रुपेश तिवारी र देवलाल कुशवाहाविरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरुविरुद्ध ५८ लाख ७९ हजार ७४६ रुपैयाँ बराबर बिगो कायम गरिएको छ ।

लुगा कपडाको चोरी पैठारी गरी भन्सार छल्ने २ भारतीयसहित ५ जना विरुद्ध विभागले गत हप्तामात्र उच्च अदालत बुटवलमा २ वटा मुद्दा दायर गरेको थियो । रुपन्देहीको बुटवल नगरपालिका वडा नम्बर ६ का राजेन्द्र शर्मा, न्यु कालिका सप्लायर्स बुटवलका सञ्चालक ओजहुल कुमार मसुलमान र रुपन्देही सिद्धार्थ नरपालिका बुद्धचोकका भ्यान धनी सहाबुद्धिन आलमविरुद्ध १ करोड ७२ लाख ६ हजार रुपैयाँ बराबर बिगो कायम गरेर मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

राजस्व छलीको यस्तो कारोबारमा दुईजना भारतीय नागरिकविरुद्ध पनि मुद्दा चलाइएको छ । भारत बिहार राज्य मोतिहारी घर भई हाल बुटवल उपमहानगरपालिका ५ विकासपथमा बसोबास गर्दै आएका आर्यन अक्षत स्टोर्सका सञ्चालक रंजित कुमार जैसवाल र उनकी श्रीमती मनिसा जैसवाल विरुद्ध ९२ लाख ४६ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

प्रकाशित : माघ २३, २०७८ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×