स्वास्थ्य बिमा गरेका बिरामीप्रति अस्पतालको बेवास्ता, प्राथमिक उपचार नगरी रिफर गर्न नपाइने

काठमाडौँ — स्वास्थ्य बिमामा आवद्ध भएका बिरामीहरुको उपचारमा अस्पतालहरूले बेवास्ता गर्ने गरेको पाइएको छ । बिरामीको प्राथमिक उपचार नै नगरी अन्यन्त्र (अर्को अस्पताल) रिफर गर्ने, उपचारमा बिरामीलाई प्राथमिकता नदिनेलगायत बेवास्ता गरेको स्वास्थ्य बिमा बोर्डले फेला पारेको छ ।

स्वास्थ्य बिमा गरेका बिरामीप्रति अस्पतालको बेवास्ता, प्राथमिक उपचार नगरी रिफर गर्न नपाइने

यस्ता गतिविधि रोक्न र नरोकिए ती अस्पतालले भुक्तानी पाउनु पर्ने दाबी रोकिने चेतावनी बोर्डले दिएको छ । बोर्डले सूचना जारी गरी बिरामीको उपचारमा बेवास्ता र लापरबाही नगर्न निर्देशन दिएको हो ।

‘हाल कतिपय स्वास्थ्य सेवाप्रदायक संस्थाहरुले बिमामा आवद्ध भएका सेवाग्राहीहरुलाई अर्को सेवा प्रदायक संस्थामा प्रेषण गर्दा बिमा बोर्डले तोके अनुसारको कुनै पनि प्राथमिक सेवा नदिइ प्रेषण मात्र गरेको पाइएको छ,’ निर्देशनमा भनिएको छ, ‘आगामी दिनमा बिमा बोर्डको ओपीडी प्याकेज अन्तर्गत तोकिए अनुसारको परीक्षण नै नगरी औचित्यबिना रिफर गर्न पाइने छैन ।’

औचित्यबिना रिफर गरेको पाइएमा त्यस्ता दाबीको भुक्तानी नहुने साथै रिफर भई आएका सेवा प्रदायक संस्थाहरुले पनि प्रेषण गरी पठाएको संस्थाले गरेको परीक्षणमा दोहोरो नपर्ने गरी मात्र दाबी गर्न बोर्डले निर्देशन दिएको छ । अन्यथा दोहोरो परीक्षण गरिएको दाबीको भुक्तानी नहुने पनि बोर्डले प्रस्ट्याएको छ ।

प्रकाशित : माघ २३, २०७८ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x