कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

११ बिमा कम्पनी कारबाहीमा

काठमाडौँ — तोकिएको समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । आर्थिक वर्ष सकिएको १८ महिनासम्म पनि लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ वटा कम्पनीलाई १० हजार रुपैयाँका दरले कारबाही गरिएको बिमा समितिले जनाएको छ । ती कम्पनीले अझै आर्थिक वर्ष २०७६/७७ सालको लेखापरीक्षण प्रतिवेदन नबुझाएको समितिले जनाएको छ ।

११ बिमा कम्पनी कारबाहीमा

जरिवाना गरिएका कम्पनीहरूमा दि ओरियन्टल इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स छन् ।

बिमा ऐन, २०४९ को दफा २५ बमोजिम बिमा कम्पनीहरूले आफूले गरेका बिमा व्यवसायको हिसाब किताबको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई त्यसको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेस गर्नुपर्ने अनिवार्य व्यवस्था छ । तर कम्पनीहरूले जानी–जानी कानुनी व्यवस्थाको उल्लंघन गरेकाले बिमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम जरिवाना गरिएको समितिको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : माघ १८, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×