२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

१३ अंकले घट्यो नेप्से, ३ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्से १३.४८ अंकले घटेको छ । सो अंकको गिरावटपछि परिसूचक २८७२ अंकमा कायम भएको छ । कुल ५ अर्ब १५ करोडको कारोबार भएको छ । यसअघि हिजो ६ अर्ब ३२ करोडको काराेबार भएको थियो ।  

१३ अंकले घट्यो नेप्से, ३ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

बैंकिङ १९, विकास बैंक ११०, फाइनान्स ४३, होटल २३, जलविद्युत २३, जीवन बीमा २२१, उत्पादन ७१, निर्जीवन बीमा १७८ र व्यापार उपसमूह ११ अंकले घटे । अन्य २८, उत्पादन ३० र लगानी उपसमूह २ अंकले बढे ।

३ कम्पनी फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । एचआईडीसीएल, माथिल्लो तामाकोसी, टेलिकम, अरुणभ्याली तथा जीवन विकास लघुवित्त कारोबारका आधारमा क्रमश: अगाडि रहे ।


प्रकाशित : माघ १७, २०७८ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?