कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

अब घरमै बसेर भन्सार जाँचपास, 'स्क्यानर' जडान गरिने

अर्थमन्त्री शर्माले भने : अर्थतन्त्र धरासयी छैन, त्रसित पारियो  

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको सुरुवात गरेका छन् । ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहकाबीच उनले सो प्रणालीको सुभारम्भ गरे । 

अब घरमै बसेर भन्सार जाँचपास, 'स्क्यानर' जडान गरिने

इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत् नै तिर्न सक्ने छन् । यसले घरमै बसेर भन्सार जाँचपास गर्न सकिनेगरी ‘नयाँ युग’को सुरुवात भएको अर्थमन्त्री शर्माले बताए ।

‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचत लगातयका लागि यो प्रणाली महत्वपूर्ण छ’, उनले भने ‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ त्यस्तै उनले भन्सारविन्दुमा चाँडै ‘भेइकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । भन्सारको निरन्तर सुधारअन्तर्गत भेइकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

मन्त्री शर्माले भेकल स्क्यानर मालवस्तुको जााचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षासँग पनि जोडिने उल्लेख गरे । ‘हामीले इपेमेन्टको सुरुवात गरेका छौा । छिट्टै नै हामी प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौं’, उनले भने ‘कुन माल वस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुनेछ ।’ सबै वस्तु आवश्यक पर्ने मात्र नआउने बताउँदै उनले नेपाल र छिमेकी राष्ट्रहरूको सुरक्षामा खतरा हुन सक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्वपूर्ण रहेको बताए ।

उनले भन्सार विन्दुहरूमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । यसैगरी पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिको श्रृङ्खलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी दिँदै अर्थतन्त्र धरासयी नभएको अर्थमन्त्री शर्माले बताए । कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले त्यस्ता भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्ने दावी गरे ।

समारोहमा अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने भन्दै सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवम् तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिए । त्यस्तै भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने उनको भनाइ छ ।

निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्याङ्कन सुधार गर्नुपर्ने माग गरे । परम्परागत प्रणालीबाट नै मूल्याङ्कन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा नयाँ पुस्तालाई व्यवसायमा आउन निरुत्साहित भइरहेको उनको भनाइ छ ।


प्रकाशित : माघ १२, २०७८ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?