कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विश्व बैंकको वित्तीय सहयोग रहेको १६ लाख ६० हजार डोज मोडर्ना खोप आइपुग्यो

काठमाडौँ — विश्व बैंकको वित्तीय सहयोगमा खरिद गरिएको ४० लाख डोज मोडर्ना खोपमध्येको १६ लाख ६० हजार डोज नेपाल आइपुगेको छ । कोभिड १९ महामारी विरुद्ध लड्न किरोशावस्था अर्थात १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई यो खोप लगाइनेछ ।

विश्व बैंकको वित्तीय सहयोग रहेको १६ लाख ६० हजार डोज मोडर्ना खोप आइपुग्यो

कोभ्याक्स कार्यक्रमअन्तर्गत ‘कस्ट–सेयर स्किम’ मा विश्व बैंकले मोडर्ना खोप खरिदमा वित्तीय सहयोग गरेको थियो । युरोपियन मेडिसिन एजेन्सी र बेलायतको मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट रेगुलेटरी एजेन्सीबाट स्वीकृत मोडर्ना खोप किशोरावस्थाका व्यक्तिहरुलाई लगाइने छ ।

‘कोभ्याक्स कस्ट–सेयर स्किमअन्तर्गत खोप खरिद गर्ने नेपाल दोस्रो देश हो । आगामी अप्रिल मध्यसम्ममा सबै नेपालीलाई कोभिड १९ विरुद्धको खोप लगाइसक्ने अभियानमा यसले महत्वपूर्ण योगदान गर्नेछ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले भने । त्यस्तै विश्व बैंकले कोभिड १९ विरुद्धको खोप कार्यक्रमका लागि अतिरिक्त सहायताका रुपमा १ करोड ८० लाख अमेरिकी डलर बराबर रकम पनि स्वीकृत गरेको बैंकले मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ ।


प्रकाशित : माघ ११, २०७८ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?