कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुस मसान्तसम्म ११ बैंकको निक्षेप घट्यो

काठमाडौँ — चालु आर्थिक वर्षको पुस मसान्तसम्म ११ वाणिज्य बैंकको निक्षेप घटेको छ । असार मसान्तसम्मको तुलनामा पुस मसान्तसम्म यी ११ बैंकबाट करिब ४५ अर्ब निक्षेप घटेको हो ।  राष्ट्रिय वाणिज्य, कृषि विकास, बीओके, सेन्चुरी, ग्लोबल आईएमई, मेगा, नेपाल बंगलादेश, इन्भेस्टमेन्ट, एनआईसी एसिया, प्रभु र स्टान्डर्ड चार्टडको निक्षेप घटेको छ ।

पुस मसान्तसम्म ११ बैंकको निक्षेप घट्यो

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको मात्रै १९ अर्ब ८९ करोड रुपैयाँ निक्षेप घटेको छ । अरु १६ वटा बैंकले भने यस आर्थिक वर्षको ६ महिनामा निक्षेप बढाउन सफल भएका छन् । ती बैंकले करिब १ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् । सनराइज बैंकमा सबैभन्दा धेरै २१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप थपिएको छ । समग्रमा ६ महिनामा वाणिज्य बैंकहरुमा १ खर्ब २२ अर्ब ९५ करोड रुपैयाँ निक्षेप थपिएको छ ।

असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन भएकोमा पुस मसान्तसम्म कुल ४३ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । सोही अवधिमा वाणिज्य बैंकहरुले ४ खर्ब २२ अर्ब १७ करोड रुपैयाँ कर्जा बढाएका छन् । असार मसान्तसम्म कुल ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा ६ महिनामा बढेर ४१ खर्ब ४२ अर्ब ९२ करोड पुगेको छ ।

तरलतालाई सहज गर्न भन्दै स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम निक्षेपका रुपमा जम्मा गर्न पाउने पाउने व्यवस्था गरिए पनि फेरि तरलताको समस्या बढ्न थालेको छ । निक्षेपभन्दा कर्जा प्रवाह बढी भएपछि वाणिज्य बैंकहरुको औसत कर्जामा निक्षेप अनुपात (सीडी रेसियो) फेरि ९० प्रतिशत नाघेको छ ।

साउनदेखि पुस मसान्तसम्म बैंकहरुको निक्षेप स्थिति (रुपैयाँमा)

बैंक

६ महिनामा घटबढ

पुस मसान्तसम्मको निक्षेप

कृषि विकास

(५ अर्ब २८ करोड)

१ खर्ब ५७ अर्ब ६८ करोड

बीओके

(६५ करोड)

१ खर्ब ३ अर्ब ६९ करोड

सेन्चुरी

(२ अर्ब २६ करोड)

९४ अर्ब ७४ करोड

सिटिजन्स

१ करोड

१ खर्ब ४३ अर्ब १ करोड

सिभिल

२ अर्ब ३८ करोड

९२ अर्ब ७२ करोड

एभरेष्ट

५ अर्ब ७ करोड

१ खर्ब ६५ अर्ब ९१ करोड

ग्लोबल आईएमई

(२ अर्ब ५३ करोड)

२ खर्ब ८० अर्ब ८१ करोड

हिमालयन

१८ अर्ब ४८ करोड

१ खर्ब ६७ अर्ब ८४ करोड

कुमारी

९ अर्ब ४३ करोड

१ खर्ब ६६ अर्ब ६१ करोड

लक्ष्मी

१४ अर्ब ७० करोड

१ खर्ब ३१ अर्ब ५३ करोड

माछापुच्छ्रे

५ अर्ब ९० करोड

१ खर्ब ४० अर्ब ६ करोड

मेगा

(१ अर्ब ४८ करोड)

१ खर्ब ४३ अर्ब ८० करोड

नबिल

७ अर्ब २७ करोड

२ खर्ब ३५ अर्ब २८ करोड

नेपाल बंगलादेश

(७ अर्ब १६ करोड)

८२ अर्ब २२ करोड

नेपाल

१९ अर्ब ७९ करोड

१ खर्ब ८३ अर्ब ३४ करोड

एनसीसी

१५ अर्ब ३२ करोड

१ खर्ब २६ अर्ब ९ करोड

इन्भेस्टमेन्ट

(१ अर्ब ८ करोड)

१ खर्ब ७४ अर्ब ९७ करोड

एनआईसी एसिया

(९१ करोड)

२ खर्ब ९९ अर्ब ३४ करोड

एनएमबी

१६ अर्ब ३२ करोड

१ खर्ब ८२ अर्ब ७७ करोड

एसबीआई

६ अर्ब ६५ करोड

१ खर्ब १२ अर्ब ८७ करोड

प्रभु

(२ अर्ब २८ करोड)

१ खर्ब ६७ अर्ब ४५ करोड

प्राइम

२ अर्ब ८९ करोड

१ खर्ब ६२ अर्ब ६३ करोड

राष्ट्रिय वाणिज्य

(१९ अर्ब ८९ करोड)

२ खर्ब ४४ अर्ब २१ करोड

सानिमा

१४ अर्ब ७६ करोड

१ खर्ब ४५ अर्ब ६४ करोड

सिद्धार्थ

७ अर्ब ६३ करोड

१ खर्ब ९२ अर्ब ८३ करोड

स्टान्डर्ड

(१ अर्ब ५७ करोड)

९४ अर्ब ६२ करोड

सनराइज

२१ अर्ब ४४ करोड

१ खर्ब ३१ अर्ब ६८ करोड

कुल

१ खर्ब २२ अर्ब ९५ करोड

४३ खर्ब २४ अर्ब ३४ करोड

स्राेत : नेपाल बैंकर्स एसोसिएसन

प्रकाशित : माघ ७, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?