कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एकै दिन तोलामा १ हजार बढ्यो सुनको भाउ, चाँदी १३ सय नाघ्यो  

काठमाडौँ — सुनको भाउ एकै दिन तोलामा १ हजार रुपैयाँ बढेको छ । बिहीबार १ हजारले बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ पुगेको छ ।

एकै दिन तोलामा १ हजार बढ्यो सुनको भाउ, चाँदी १३ सय नाघ्यो  

आइतबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँ बढी रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ थियो ।महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा नेपालमा असर परेकाे हाे ।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढेको छ । सो मूल्यवृद्धिपछि चाँदी प्रतितोला १३ सय १५ रुपैयाँ कायम भएको छ । आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढी हो ।


प्रकाशित : माघ ६, २०७८ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?