कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढ्यो पेट्रोलियम पदार्थको मूल्य 

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बढाइएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ ।

बढ्यो पेट्रोलियम पदार्थको मूल्य 

त्यस्तै हवाई इन्धनको मूल्य पनि बढाइएको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ । अब आन्तरिक इन्धनको मूल्य प्रतिलिटर १०६ रुपैयाँ पर्नेछ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय अमेरिकी डलर वृद्धि गरी ९९५ डलर कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ ।

प्रकाशित : माघ ५, २०७८ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?