कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘अमेरिकी लगानी र प्रविधि भित्र्याउने प्रयास गरियोस्’

रासस

काठमाडौँ — नेपाल उद्योग परिसङ्घले मुलुकमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन तथा निर्यात प्रवर्द्धनसँगै देशको पर्यटन विकासलाई केन्द्रमा राखेर काम गर्न अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ ।

‘अमेरिकी लगानी र प्रविधि भित्र्याउने प्रयास गरियोस्’

परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाललगायत पदाधिकारीहरूसँग शुक्रबार भएको छलफलमा पस्मिना, तयारी पोशाक, छुर्पीजस्ता विशिष्टिकृत उत्पादनलाई अमेरिकी बजारसम्म सहज पहुँच स्थापित गर्न तथा बजार विस्तारमा भरमग्दुर प्रयासका लागि उनीसँग अनुरोध गरिएको हो ।

राष्ट्रको पर्यटन प्रवर्द्धन हुनेगरी अमेरिकाको तर्फबाट उच्चस्तरीय भ्रमणको प्रयास गर्न तथा नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धलाई आर्थिक कुटनीतिका माध्यमबाट थप सबल बनाउनेतर्फ विशेष ध्यान दिन पनि परिसङ्घले अनुरोध गरेको छ ।

नेपाललाई विकासको पथमा अग्रसर गराउन गुणस्तरीय पूर्वाधार निर्माण पहिलो आवश्यकता भएकाले जलस्रोतसहित पर्यटन र सेवाका क्षेत्रमा अमेरिकी लगानी जुटाउने प्रयत्नका निम्ति पनि परिसङ्घले प्रस्तावित राजदूत खत्रीसमक्ष आग्रह गरेको छ ।

प्रकाशित : पुस ३०, २०७८ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?