कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२० वर्षसम्म बैंकबाट नझिकिएको रकम कोषमा जम्मा गर्न निर्देशन 

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा रहेको कुनै निष्क्रिय खाताबाट २० वर्षसम्म नझिकिएको रकम बैंकिङ विकास कोषमा जम्मा गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकको यो कोषमा जम्मा भएको रकम बैंकिङ विकासमा प्रयोग गरिने बताइएको छ । 

२० वर्षसम्म बैंकबाट नझिकिएको रकम कोषमा जम्मा गर्न निर्देशन 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ११२ को उपदफा १ बमोजिमको रकम कोषमा जम्मा गर्न भनेको हो । रकम कोषमा जम्मा भए पनि निक्षेपकर्ताको विस्तृत विवरण भने बैंक तथा वित्तीय संस्थाले नै सुरक्षित राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसरी कोषमा जम्मा भइसकेको रकम उपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानुनी हकवालाबाट सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दाबी पेश गर्नुपर्नेछ । आवश्यक कागजातसहित दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई बिना व्याज रकम फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ ।



प्रकाशित : पुस २९, २०७८ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?