कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०

सोमबार पनि बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार 

काठमाडौँ — सोमबार पनि सेयर बजारको परिसूचक नेप्से बढेको छ । आइतबार ७३ अंकले बढेको नेप्से सोमबार भने १९.४३ अंकले बढेको हो । सो अंकको वृद्धिसँगै परिसूचक २७८४ अंकमा पुगेको छ । कारोबार रकम पनि उत्साहजनक देखिएको छ ।

सोमबार पनि बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार 

दिनभर ७ अर्ब १२ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । यसअघि आइतबार ७ अर्ब १० करोडको कारोबार भएको थियो । कुल ७० कम्पनीको सेयर मूल्य घट्यो भने १११ को बढ्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

उपसमूहगत रुपमा हेर्दा यस दिन बैंकिङ १५, होटल तथा पर्यटन ३७ र उत्पादन ४७ अंकले घटे । विकास बैंक ३७, फाइनान्स ७८, जलविद्युत ४०, जीवन बीमा २१८, माइक्रोफाइनान्स १२, निर्जीवन बीमा १९०, अन्य ११३ र ब्यापार उपसमूह ५७ अंकले बढेका छन् । मध्यभोटेकोसी, युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले बढेको छ ।

प्रकाशित : पुस २६, २०७८ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×