कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक सातामै ५८ अर्ब रुपैयाँ निक्षेप थपियो

काठमाडौँ — एक साताको अवधिमै वाणिज्य बैंकहरुमा ५८ अर्ब निक्षेप थपिएको छ । तरलता संकट चुलिएका बेला गरिएको दुई व्यवस्थाले बैंकहरुमा पछिल्लो दुई साता निक्षेपमा उल्लेख्य वृद्धि देखिएको हो । 

एक सातामै ५८ अर्ब रुपैयाँ निक्षेप थपियो

सरकारले स्थानीय तहको ८० प्रतिशत रकम बैंकहरुले निक्षेपका रुपमा जम्मा गर्न पाउने व्यवस्था गर्नु र राष्ट्र बैंकले पुनर्कर्जाको रकम निकासा गर्दा दुई साताको अवधिमा वाणिज्य बैंकहरुमा ७२ अर्ब निक्षेप थपिएको छ । बैंकहरुले स्थानीय तहको खातामा रहेको बजेटको ५० प्रतिशत मात्रै निक्षेपका रुपमा जम्मा गर्दै आएकोमा पुस ५ गते मन्त्रीस्तरीय निर्णयबाट ८० प्रतिशत पुऱ्याइएको थियो ।

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार पुस ९ गतेसम्म कुल ४२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा पुस १६ गते १४ अर्ब थपिएर ४२ खर्ब ४९ अर्ब पुग्यो । २३ गतेसम्म ५८ अर्ब थपिएपछि कुल निक्षेप ४३ खर्ब ७ अर्ब नाघेको छ ।

पछिल्लो एक सातामा कर्जा भने जम्मा ९ अर्ब प्रवाह भएको छ । १६ गतेसम्म कुल ४० खर्ब ९९ अर्ब कर्जा प्रवाह भएकोमा २३ गतेसम्म आउँदा ४१ खर्ब ८ अर्ब पुगेको छ । कर्जाको तुलनामा निक्षेपमा उल्लेख्य सुधार देखिँदा बैंकहरुको निक्षेपमा कर्जा अनुपात (सीडी रेसियो)मा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार हाल २७ वाणिज्य बैंकको औसत सीडी रेसियो ८९. २९ प्रतिशतमा झरेको छ ।


प्रकाशित : पुस २६, २०७८ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?