कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईपीओ अनुमति खुलाउन इप्पानको माग  

काठमाडौँ — जलविद्युत आयोजनाहरुको प्राथमिक सेयर निष्कासन (आईपीओ) अनुमति नरोक्न  स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले धितोपत्र बोर्डसमक्ष माग गरेको छ । बोर्डले आईपीओ निष्कासन अनुमति सम्बन्धी निर्णय नगर्दा निर्माणाधीन जलविद्युत आयोजनाको काम समेत ठप्प भएको भन्दै इप्पानले उक्त माग गरेको हो । आइतबार धितोपत्र बोर्डका कामु अध्यक्ष निरज गिरीलाई भेटेर इप्पानले ज्ञापन पत्र बुझाएको छ । 

आईपीओ अनुमति खुलाउन इप्पानको माग  

‘जलविद्युत् कम्पनीहरुको आईपीओ जारी नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनाको काम ठप्प हुन थालेको छ,’ इप्पानको विज्ञप्तिमा उल्लेख छ, ‘निर्माणको अन्तिम चरणमा रहेका आयोजनाको समेत थप काम रोक्नु पर्ने अवस्था सृजना भएको छ ।’

पछिल्लो पाँच महिना यता बोर्डले आईपीओको अनुमति दिएको छैन । अध्यक्ष नभएको बहानामा बोर्डले आईपीओ अनुमति रोकेको हो । लामो समयसम्म आईपीओ जारी गर्न नपाउँदा कम्पनीहरुको पुँजीगत योजना प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ । सेयर निष्कासन अनुमति नदिएपछि बोर्डको पाइपलाइनमा कम्पनी संख्या बढिरहेको छ । हालसम्म बोर्डमा आइपीओ स्वीकृतिका लागि २८ कम्पनी पाइपलाइनमा छन् । जसमध्ये १९ वटा जलविद्युतसँग सम्बन्धित कम्पनी छन् । पाइपलाइनमा रहेका यी २८ कम्पनीको कुल आईपीओ निष्कासनको रकम ७ अर्ब ५१ करोड रुपैयाँ बराबर छ ।


प्रकाशित : पुस २५, २०७८ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?