कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

यो साता १६८ अंक उक्लियो सेयर बजार, धेरै कमाउनेमा विकास बैंकका लगानीकर्ता 

काठमाडौँ — यो साता सेयर बजारको परिसूचक नेप्से १६८ अंकले बढेको छ । गत साता २५२४ अंकमा रहेर बन्द भएको नेप्से यो साता २६९२ अंकमा कायम भएको छ । समग्रमा साताभर ६.६ प्रतिशतले बजार बढेको छ । साताको पहिलो दिन आइतबार ६०.४ अंकले बढेको नेप्से सोमबार थप ३२ र मंगलबार ६३ अंकले बढ्यो । बुधबार ३०.७ अंकले घटेको नेप्से बिहीबार भने ४३.२ अंक बढ्यो । 

यो साता १६८ अंक उक्लियो सेयर बजार, धेरै कमाउनेमा विकास बैंकका लगानीकर्ता 

कारोबार रकम भने बढ्न सकेको छैन । आइतबार ४ अर्ब १२ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ५३ करोड रुपैयाँको सेयर किनबेच भयो । मंगलबार ४ अर्ब ३२ करोड, बुधबार ४ अर्ब ६२ करोडको सेयर किनबेच भएकोमा बिहीबार ३ अर्ब ६७ करोडमा खुम्चियो ।

उपसमूहगत रुपमा हेर्दा यो साता विकास बैंकका लगानीकर्ता कमाउनेमा अगाडि देखिए । सो उपसमूह एक सातामा १०.८ प्रतिशतले बढेको छ । गत साता ४२२५ मा रहेको सो उपसमूह ४६८४ अंकमा बन्द भयो ।

विकास बैंकपछि जलविद्युत समूह सबैभन्दा धेरै ८.३ प्रतिशतले बढ्यो । एक सातामा सो उपसमूह २७५५ बाट बढेर २९८६ अंकमा पुग्यो । फाइनान्स उपसमूह ७.९, लगानी ७.७, वाणिज्य बैंक ७.६ र व्यापार उपसमूह ७. १ प्रतिशतले बढेको छ । त्यस्तै जीवन बीमा ४.६, निर्जीवन बीमा ४.५, उत्पादन ३.५ र माइक्रोफाइनान्स उपसमूह ६.५, होटल तथा पर्यटन ५.६ प्रतिशतले बढेको छ ।

यो साता उपसमूहको वृद्धिदर

उपसमूह

वृद्धिदर प्रतिशतमा

जीवन बीमा

४.६

निर्जीवन बीमा

४.५

उत्पादन

३.५

माइक्रोफाइनान्स

६.५

विकास बैंक

१०.८

होटल तथा पर्यटन

५.६

जलविद्युत

८.३

व्यापार

७.१

फाइनान्स

७.९

अन्य

२.९

बैंकिङ

७.६

लगानी

७.७


प्रकाशित : पुस २३, २०७८ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×