कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

सरकारले गत वर्षभन्दा बढाएर तोक्यो उखुको समर्थन मूल्य

काठमाडौँ — बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्ले प्रतिक्विन्टल ५९० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको हो ।  कृषि मन्त्रालयले सो मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेको थियो ।

सरकारले गत वर्षभन्दा बढाएर तोक्यो उखुको समर्थन मूल्य

ताेकिएको समर्थन मूल्यमध्ये ५२० रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदान उपलब्ध गराउने छ । गत वर्षभन्दा सरकारले उखुकाे समर्थन मूल्य प्रतिक्विन्टल करिब ४६ रुपैयाँ बढाएको छ । किसानले ६५० रुपैयाँ ताेकिनुपर्ने माग गर्दै आएका थिए ।

‘किसान र उद्योगीसँग पटक/पटक छलफल गरी कृषि विभागको टोलीले जिल्लामा गएरै किसानको लागत, ढुवानी खर्च निकालेका थिए । २० प्रतिशत मुनाफा, जिल्लामा चलेको दरको आधारमा प्रस्ताव बनाएर उद्योग मन्त्रालयमा पठाएका थियौँ’ कृषि सचिव गोविन्द शर्माले भने, ‘गत वर्षको तुलनामा उखुको मूल्य बढाएका छौं ।’ सरकारले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७६/७७ का लागि ५३६ रुपैयाँ ५६ पैसा तथा आर्थिक वर्ष २०७५/७६ को लागि पनि त्यति नै मूल्य कायम गरिएको थियो । किसानहरुले भने मूल्य नतोक्दै यसअघिबाटै उद्योगीलाई उखु बेच्न थालिसकेका छन् ।


प्रकाशित : पुस २१, २०७८ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?