कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लगानी बोर्डमा ‘इन्भेस्टर्स लाउन्ज’

काठमाडौँ — नयाँ बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा ‘इन्भेस्टर्स लाउन्ज’ खुलेको छ । उक्त कक्षबाट नेपालमा लगानीका सम्भावना, क्षेत्रहरु, परियोजना बैंकमा समावेश भएका आयोजनाबारे जानकारी दिइनुका साथै लगानीकर्ताका लागि आवश्यक अनलाइन सेवाहरू उपलव्ध हुने बोर्डले जनाएको छ । 

लगानी बोर्डमा ‘इन्भेस्टर्स लाउन्ज’

अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले ‘इन्भेष्टर्स लाउन्ज’को उद्घाटन गरे । उक्त अवसरमा मन्त्री शर्माले लगानीकर्तालाई कानुनले भ्याएसम्मका सुविधा दिन सरकार तयार रहेको बताउँदै निर्धक्क भएर लगानी गर्न आग्रह गरे । परियोजना कार्यान्वयनमा देखिएका समस्याबारे समयमै जानकारी गराउन उनले लगानीकर्तालाई आग्रह गरे ।

‘एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर जानकारी आयो’, उनले भने ‘यस्तो जानकारी समयमै गराउँदा समस्याको समाधान छिटो र सहज हुन्छ ।’ फाइल नै अड्किँदा आयोजनाको समयावधि लम्बिने र घाटा हुने बताउँदै उनले समय नै ठूलो पुँजी भएको उल्लेख गरे । ‘प्रोजेक्टको समय बित्नु भनेको हाम्रो लगानी बढ्नु हो, अर्को ढङ्गले भन्ने हो भने हामीलाई घाटा हुनु हो’ शर्माले भने ‘व्यवसायिक रूपले हेर्ने हो भने पनि समय बिलकुलै लम्ब्याउनु हुँदैन, मुख्य पुँजी भनेकै समय हो ।’

त्यस्तै बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीकर्तालाई नेपालमा लगानीका अवसरहरूबारे जानकारी दिन र प्रक्रिया सहजताका लागि थप प्रभावकारी बनाउने उद्देश्यले इन्भेष्टर कक्ष स्थापना भएको बताए । यसलाई चाँडै नै एकल विन्दु सेवा (ओएसएस)सँग आवद्ध गरिने उनले जानकारी दिए । उनले लगानी बोर्ड र विकासकर्ताबीचको अन्तक्र्रियालाई निरन्तरता दिइने बताए ।


प्रकाशित : पुस १९, २०७८ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?