कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलवायु परिवर्तनसँग अनुकूलनको विकल्प छैन

सुदीप ठकुरी

अहिलेको समय भनेको हामी जलवायु परिवर्तनको अवस्थामा स्पष्ट छौं भन्ने हो । आईपीसीसीको रिपोर्टले पनि जलवायु परिवर्तन भइरहेकको देखाएको छ । औद्योगीकरण सुरु भएयता विश्वको तापक्रम १ डिग्रीले बढिसकेको देखाइसकेको छ । आजको हाम्रो अवस्था यो हो ।

जलवायु परिवर्तनसँग अनुकूलनको विकल्प छैन

हिमालय क्षेत्रकै कुरा गर्ने हो भने बाहिर डेढ डिग्री तापक्रम बढ्दा त्यसले हिमालमा गर्ने असर २ डिग्री हुन्छ । हिमालको भू–वनावट, यहाँ हुने वर्षा परिवर्तनको दरले पनि धेरै नै असर गरिरहेको हुन्छ ।

वर्षा पर्ने दर कम भएको छ । ग्राउन्ड स्टेसनबाट हेर्दा पनि त्यही देखिन्छ । वर्षा पर्ने दर कम भयो फरक फरक समयमा भइरहेको छ । कहिले कुन समयमा हुन्छ त कहिले कुन समयमा, वर्षा नियमित भएको छैन । अहिले यो समयमा वर्षा हुन्छ भनेर यकिनका साथ भन्न सकिने अवस्था छैन ।

हिमालय क्षेत्रमा धेरै नै वैज्ञानिक तथ्यहरू पाइरहेको छ । यो क्षेत्रमा हिमालय क्षेत्रको जानकारी र तथ्य अन्वेषणमा अहिले धेरै नै विषयहरू आइरहेका छन् । तर पनि क्लाइमेट चेन्जको कुराको सन्दर्भमा पनि यसको असर पानी,जैविक विविधता, उच्च हिमाली भेगको विविधतामा बढी छ ।

लिथियम ब्याट्रीको समस्यालाई कसरी सम्बोधन गर्ने भन्दा पनि हामीले फ्युल सिस्टमबाट ब्याट्रीमा गएका हौं । हरेक एक्सनमा एउटा रियाक्सन हुन्छ । ह्युमन एक्टिभिटीले वातावरणमा असर गरेकै हुन्छ ।

के भइरहेको छ भन्नेमा इन्धन प्रयोग गर्दा धेरै उत्सर्जन भएको छ कि लिथियम उत्पादन गर्दा कुनले बढी उत्सर्जन गरेको छ भन्ने मुख्य सवाल हो । हाइड्रोपावर क्लिन इनर्जी होइन । यो उत्पादन गर्दा पनि केही उत्सर्जन हुन्छ । फोसिल फ्युलभन्दा ६० प्रतिशत कमले उत्सर्जन गर्छ ।

अबको ५० वर्षमा जलवायु परिवर्तनको असर धेरै नै उच्च होलान् । अहिलेको अवस्थादेखि त्यति धेरै टाढा हुने छैन । अहिले हुने भारी वर्षाहरु नै हुन्छ तर त्यसको फ्रिक्वेन्सी बढ्न सक्छ । त्यस्ता समस्या समाधानका लागि हामीले अहिलेदेखि नै सचेत हुन र अनुकूलनका कार्यक्रमहरु ल्याउन जरुरी छ । क्लाइमेटमा यही नै हुन्छ भन्ने कुरा छैन । अनुकूलनबाहेक अन्य विकल्प नै छैन हामीसँग । जति नै भए पनि त्यही नै हो ।

-मध्यपश्चिम विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायका डिन सुदीप ठकुरीले कान्तिपुर कन्क्लेभ-२०२२ को 'जलवायु परिवर्तनको सामना' सत्रमा व्यक्त गरेको विचारको सम्पादित अंश

प्रकाशित : आश्विन ३, २०७९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?