२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

पछिल्लो समय नेपाल-भारत सम्बन्धमा सुधार देखिएको छ

शंकर शर्मा

नेपाल-भारतका प्रधानमन्त्रीले एकअर्काको देशमा भ्रमण गरेपछि द्विपक्षीय सम्बन्धमा पक्कै पनि सुधार आएको छ । यसका साथै विभिन्न तहमा छलफलको वातावरण पनि बनेको छ । त्यो केबल सरकार-सरकारको तहमा मात्रै नभएर कर्मचारी र विद्वत् वर्गमा पनि त्यो छलफलले निरन्तरता पाएको छ ।

पछिल्लो समय नेपाल-भारत सम्बन्धमा सुधार देखिएको छ

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको पछिल्लो भ्रमणले अन्य धेरै क्षेत्रमा पनि समझदारी गरेर अगाडि बढ्ने अवस्था सिर्जना भएको छ । रासायनिक मल हामीले भारतबाट निकै सस्तो मूल्यमा पाउने भएका छौं ।

भैरहवा आईसीपीका लागि पनि जग्गा प्राप्तिको काम अगाडि बढेको छ । विद्युत् व्यापारका बारेमा मैले केही भनिरहनु नै पर्दैन कुलमानजीको खुशीले पनि त्यसबारे प्रस्ट पारेको छ । विगत ४-५ महिनाको अवस्था हेर्दा निकै सकारात्मक वातावरण बनेको छ जस्तो मैले देख्छु

अन्तरदेशीय व्यापारको क्षेत्रमा धेरै काम गर्न बाँकी नै छ । मैले भारतको सडक परिवहनमन्त्रीसँग भेटघाट गर्दा उहाँले १० मिनेट मलाई नेपालमा व्यापार गर्ने शुल्क कसरी घटाउन सकिन्छ भनेर कुरा गर्नु भएको थियो । कनेक्टिभिटीको कुरा गर्दा धेरै गर्न बाँकी छ । नेपालको भन्सारमा दसौँ किलोमिटर लामो ट्रकको लाइन लाग्ने गरेको छ ।

भारतको तर्फबाट रक्सौल-काठमाडौं रेल्वे लाइन निर्माणका लागि धेरै नै चासो रहेको छ । अहिले डीपीआरको काम भएको छ । त्यो निर्माण भएका यहाँ सामान ल्याउन वा लाने शुल्क आधाले कम हुने अनुमान गरिएको छ । यस्तै दुईवटा थप पेट्रोलियम पाइपलाइन बनाउने कुरा पनि अगाडि बढेको छ । त्यसले पनि पेट्रोलियम आयातको मूल्यलाई अर्बौंले कम गर्ने छ । यस्तै विद्युत्‌मा पनि ट्रान्समिसनलाइन बनाउने कार्यहरु भइरहेको छ । त्यसले हामीबीचले व्यापार घाटालाई कम गर्न कम गर्ने छ ।

भारतीयहरूले नेपालका बारेमा कुरा गर्दा सुन्दर मुलुककै रुपमा चिन्छन् र मिलनसार मानिसका रूपमा नै हामी परिचित छौं । तर अहिले पनि उनीहरूले नेपाललाई एकमात्र हिन्दु राष्ट्रकै रूपमा चिन्छन् । त्यसको कारण हामी कहाँबाट पनि र उताबाट पनि लाखौं मानिस तीर्थयात्राका लागि ओहोदोहोर गर्ने भएकाले पनि हुन सक्छ ।

राजनीतिक रूपमा भने विभिन्न व्यक्तिसँग कुरा गर्दा भौगोलिक राजनीतिकै कुरा हुन्छ । यस्तै द्विपक्षीय व्यापारका बारेमा पनि कुरा हुन्छ । यस्तै उनीहरू अर्को चासो भनेको सीमामा हुने गतिविधि तथा सुरक्षाको विषय पनि हो ।

-भारतका लागि नेपालका राजदूत शंकर शर्माले कान्तिपुर कन्क्लेभ-२०२२ अन्तर्गत 'नेपाल र विश्व' सत्रमा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : भाद्र ३१, २०७९ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?