कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विदेशी कलेजको व्यवस्थापन

काठमाडौँ — लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको अनुमतिमा नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको इस्लिङ्टन कलेजले विदेशमा रहेका अन्य कलेजको व्यवस्थापनको जिम्मेवारी पाएको छ ।

विदेशी कलेजको व्यवस्थापन

शनिबार काठमाडौंमा इस्लिङट्न कलेज, लन्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेन्ड टिचर र आरभीआई ग्रुपबीचमा लन्डन बीए (अनर्स) बिजनेस प्रशासन कोर्स अध्ययन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बीए (अनर्स) बिजनेस प्रशासन तहको कक्षा सञ्चालन गर्न चार निकायबीच सम्झौता भएको कलेजका अध्यक्ष सुलभ बुढाथोकीले बताए । विश्वविद्यालयले तयार गरेको पाठ्यक्रमका आधारमा म्यानम्यार र थाइल्यान्डमा अध्यापन हुनेछ । आगमी फेब्रुअरीबाट कक्षा सञ्चालन हुने जनाइएको छ ।

आरभीआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सहयोग गर्ने सम्झौतामा उल्लेख छ । इस्लिङ्टन कलेजले यस साझेदारीमा विद्यार्थीको स्नातकसम्मको यात्रामा सम्पूर्ण प्रक्रियालाई सहजीकरण गरेर यस साझेदारीमा प्रमुख भूमिका खेल्ने उनले बताए ।

‘विद्यार्थी परामर्शदेखि भर्ना प्रक्रिया र विद्यार्थीको क्षमता अभिवृद्धि गराउने व्यवस्था गर्नेलगायतको मुख्य भूमिका रहनेछ,’ उनले भने, ‘कलेजका संकाय पनि मूल्याङ्कन विकास प्रक्रिया सिर्जना गर्न साथै लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको दिशानिर्देशअनुसार मार्किब प्रक्रियाहरू सञ्चालन गर्न जिम्मेवार हुने हुनेछ ।’

अनलाइन शिक्षाका लागि प्लेटफर्मको रूपमा माई सेकेन्ड टिचरको प्रयोग गर्दै छ । माइ सेकेन्ड टिचरको सहयोगमा सबै पाठ्यक्रम सामग्री विद्यार्थीहरूलाई उपलब्ध गराइनेछ र तिनीहरूको असाइनमेन्टहरू पनि सोही प्लेटफर्ममा वितरण गर्ने माई सेकेन्ड टिचरका संस्थापक डा. बेन्सन सुङले जानकारी दिए ।

प्रकाशित : मंसिर २६, २०७९ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?