कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

सौर्यको टिकट खरिद गर्दा चन्द्रागिरीमा निःशुल्क

काठमाडौँ — ‘आईएमई पे’मार्फत सौर्य एयरलाइन्सको जहाजको टिकट काट्ने यात्रीले चन्द्रागिरी केबलकारको टिकट निःशुल्क उपलब्ध गराइने भएको छ।

सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका अनुसार करिब ८ सय रुपैयाँ पर्ने चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने सम्झौता आईएमई ग्रुपसँग भएको छ।

सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने यात्रीमध्ये जतिले आईएमई पेमार्फत टिकट काट्छन्, सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क पाउने छन्।

‘मानौं पोखराबाट सौर्यको जहाज चढेर काठमाडौं आएका ५० जना यात्रीले नै आईएमई पेमार्फत टिकट काटेका छन् भने सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क प्राप्त गर्ने छन्,’ अध्यक्ष पोखरेलले भने। काठमाडौंबाट अन्य रुटमा यात्रा गर्ने यात्रीले पनि ‘आईएमई पे’मार्फत टिकट काटेको भए उनीहरूलाई पनि चन्द्रागिरीको टिकट निःशुल्क उपलब्ध गराइने पोखरेलले जानकारी दिए।

प्रकाशित : जेष्ठ ३०, २०८० २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?