२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मन्टेश्वरी किड्स वर्ल्डको वार्षिक अभिभावक दिवस तथा ग्र्याजुएसन समारोह सम्पन्न

काठमाडौं — नयाँबानेश्वरमा रहेको मन्टेश्वरी किड्स वर्ल्डले आफ्नो वार्षिक अभिभावक दिवस तथा ग्र्याजुएसन समारोह सम्पन्न गरेको छ । सोमबार एक विशेष कार्यक्रमको आयोजना गरि स्कुलले उक्त कार्यक्रम सम्पन्न गरेको हो । 

मन्टेश्वरी किड्स वर्ल्डको वार्षिक अभिभावक दिवस तथा ग्र्याजुएसन समारोह सम्पन्न

कार्यक्रमका अवसरमा बोल्दै संस्थापक तथा प्रिन्सिपल सबनम् थापा सुब्बाले बालबालिकाको समग्र विकासमा सघाउने उद्देश्यले सुरु भएको यस विद्यालयले मन्टेश्वरी पद्धतिबाट पठनपाठन शुरु गरेको १७ वर्षको अवधि पुरा भएको बताइन् । यो अवधिसम्म साथ र हौसला दिने सबै अभिभावक तथा शुभचिन्तकलाई थापाले धन्यवाद दिइन् ।

प्ले ग्रुपदेखि प्रि टुसम्म मन्टेश्वरी पद्धतिबाट प्रि-स्कुल सञ्चालन गर्दै आइरहेको यस विद्यालयले पछिल्लो समय प्राथमिक तहमा समेत पठन पाठन सुरु गरेको छ । प्राथमिक तहमा प्रोग्रेसिभ लर्निङ एजुकेसन पद्धति अपनाइएको छ । यसले गर्दा बालबालिका समग्र विकासमा थप सहयोग पुगेको प्रिन्सिपल थापाले बताइन् ।

वार्षिक अभिभावक दिवस तथा ग्रेजुएसन समारोहमा विद्यालयका बालबालिकाहरूले गीत, नृत्य र नाटक लगायतका गतिविधि प्रर्दशनी गरेका थिए । उक्त अवसरमा प्रि-स्कुल अध्ययन सकेका ३० जना बालबालिकालाई कक्षा १ मा स्तरोन्नति गरिएको थियो ।

२०६३ सालमा स्थापना भएको यस विद्यालयमा अहिले प्रि-स्कुलका रुपमा प्ले ग्रुपदेखि यु केजीसम्म र प्राथमिक तहमा कक्षा १ देखि ४ सम्मको अध्ययन सुरु गरिएको प्रिन्सिपल थापाले बताइन् ।

प्रकाशित : चैत्र २६, २०८० १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?