२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कान्तिपुर संवाददता

कान्तिपुर संवाददताका लेखहरु :

मन्टेश्वरी किड्स वर्ल्डको वार्षिक अभिभावक दिवस तथा ग्र्याजुएसन समारोह सम्पन्न

नयाँबानेश्वरमा रहेको मन्टेश्वरी किड्स वर्ल्डले आफ्नो वार्षिक अभिभावक दिवस तथा ग्र्याजुएसन समारोह सम्पन्न गरेको छ । सोमबार एक विशेष कार्यक्रमको आयोजना गरि स्कुलले उक्त कार्यक्रम सम्पन्न गरेको हो । 

१०५० थान स्लिपिङ ब्याग बोकेर जाजरकोट उडे चार मन्त्री

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ जाजरकोट भूकम्पबाट पीडितहरूका लागि राहत र उपचारका सामाग्री लिएर त्यसतर्फ प्रस्थान गरेका छन् । मन्त्री श्रेष्ठको टोलीमा संघीय सरकारका चार मन्त्री र केही सांसदहरु समेत छन् ।

दुई नेपालीको शव सात महिनापछि उत्खनन गरी जोर्डनबाट नेपाल फिर्ता

घरेलु कामदारका रुपमा मध्यपूर्वी मुलुक जोर्डनमा कार्यरत दुई नेपाली युवतीको शव गाडिएको अवस्थामा फेला पारी उत्खनन गरी स्थानीय अदालतको आदेशमा दुवै शवको अवशेष सोमबार नेपाल पठाइएको छ ।

महानगरका कर्मचारीको सम्पत्ति छानबिन गर्ने मेयर शाहको तयारी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केही कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने तयारी गरेका छन् । यसका लागि उनले अख्तियार अनुसन्धार दुरुपयोग आयोग,राष्ट्रिय सतर्कता केन्द्र र नेपाल प्रहरीसँग समन्वय गरिरहेका छन् ।

बुढेसकालको सहारा बाख्रापालन

कालीमाटी गाउँपालिका–२ बराढुंगाका केशर पुन उमेरले ६८ वर्ष पुगे । एक सन्तानका बाबु उनका छोरा मजदुरीका लागि भारत जान्छन् । बुहारी माइत र घर दुवैतिर बस्ने भएकाले उनी अधिकांश घरमा एक्लै हुन्छन् । २ बाख्राबाट ५ वर्षअघि बाख्रापालन सुरु गरेका उनको गोठमा अहिले २० बोका, बाख्रा र पाठापाठी छन् ।

ओली बसेको होटलमा आकांक्षीहरूको भीड

नेकपा एमालेको जारी १०औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षीहरुको डेलिगेसनले अध्यक्ष केपी शर्मा ओली बसेको होटल पार्क सफारी रिसोर्टभित्र र बाहिर चहलपहल बढेको छ । अध्यक्ष ओलीलाई भेट्न नेताहरु होटल भित्रने क्रम चलिरहेको छ ।

विवादपछि गच्छदारको क्षेत्रमा निर्वाचन स्थगित

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ को मतदान कार्यक्रम विवादित बनेपछि अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । यो कांग्रेस उपसभापति विजयकुमार गच्छदारको क्षेत्र हो । नेता गच्छदारले आफ्नो पक्षीय उम्मेदवारलाई सहमतिमा नेतृत्वमा ल्याउन खोज्दा पार्टीभित्रको आन्तरिक विवाद सतहमा देखिएपछि निर्वाचन कार्यतालिका नै प्रभावित भएको हो । 

नगर प्रमुख–कर्मचारी आरोप प्रत्यारोप

धनुषाको हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डलले आफूलाई दुर्व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीले आरोप लगाएका छन् ।

नेपाल संवत्‌ले आपसी सद्‌भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

ताप्लेजुङमा तुम्याहाङ र संखुवासभामा खड्का निर्वाचित

संखुवासभा र ताप्लेजुङमा कांग्रेसको जिल्ला अधिवेशन सकिएको छ । ताप्लेजुङमा सभापति शेरबहादुर देउवानिकट गजेन्द्र तुम्याहाङ सभापतिमा निर्वाचित भएका छन् । प्रत्यासी छविलाल गुरुङलाई १ सय ५८ मत अन्तरले पराजित गर्दै तुम्याहाङ विजयी भएका हुन् ।