१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

नेपाल रत्न तथा आभूषण संघद्वारा तीन कम्पनीलाई सदस्यबाट निस्कासन

काठमाडौँ — नेपाल रत्न तथा आभूषण संघले सुनचाँदी कारोबार गर्ने तीनवटा कम्पनीलाई संघको सदस्यबाट निस्कासन गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले अध्यक्ष सहितका पदाधिकारीहरुमाथि अनर्गल प्रचार र विधान विपरीतका गतिविधि गरेको गुप्ताले सञ्चालन गरेका तीन कम्पनीलाई सदस्यबाट हटाउने निर्णय गरेको हो  ।

नेपाल रत्न तथा आभूषण संघद्वारा तीन कम्पनीलाई सदस्यबाट निस्कासन

'अब उप्रान्त श्री नरेन्द्र कुमार गुप्ताज्यूले प्रतिनिधित्व गर्दै आउनु भएको श्री रिद्दि सिद्दि ज्वेलर्स प्रा. लि., श्री रिद्धि सिद्धि ज्वेलरी हाउस र भी ब्लु हर्स ज्वेलर्स प्रा.लि. विशालबजार / चुच्चेपाटीले गरेको कारोबारहरु प्रति यस नेपाल रत्न तथा आभुषण संघ जवाफदेही नरहने व्यहोरा सम्बन्धित सम्पूर्ण संघ संस्था तथा आम नागरिकहरुलाई जानकारी गराईन्छ' संघका अध्यक्ष अध्यक्ष सुमनमान ताम्राकारले जारी गरेको विज्ञप्तिमा छ ।

गुप्ताले बिना आधार, विना प्रमाण नेपाल रत्न तथा आभुषण संघको संस्थापक अध्यक्ष, अध्यक्ष, निवर्तमान अध्यक्ष, उपाध्यक्ष लगायत पदाधिकारीहरुको बिरुद्ध अत्यन्त तल्लो स्तरमा पुगी पदीय दायित्व र मर्यादा भुलेर अनर्गल हर्कत गरेको संघको आरोप छ । 'संघ विरुद्धको गतिविधीमा संलग्न रहेको प्रष्ट भएकोले निजको कार्यहरु यस संघको विधान विपरीतको कसुरजन्य कार्य भएकोले निजले प्रतिनिधित्व गरी आउनु भएको यस संघको सदस्य रहेको माथी उल्लेखित तिन वटै कम्पनी तथा फर्मलाई मिति २०८० । १२ । २२ मा बसेको दसौं कार्यसमितिको बैठकको निर्णय बमोजिम साधारण सदस्यता समेत नरहने गरी सदस्यता खारेज गरी यस संघबाट निष्कासित गर्ने निर्णय गरिएको ब्यहोरा जानकारी गराईन्छ' अध्यक्ष ताम्राकारद्वारा जारी विज्ञप्तिमा छ ।



प्रकाशित : चैत्र २३, २०८० २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?