२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपाल स्वास्थ्य सम्मेलनको द्रोस्रो संस्करण वैशाख २१ र २२ मा

काठमाडौँ — नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण वैशाख २१ र २२ मा काठमाडौंमा हुने भएको छ । सञ्चारकर्मीहरुको समूह त्रिकल प्रोडक्सनको आयोजनामा 'स्वस्थ नेपाल निर्माणको अग्रसरता : सरकार, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता' भन्ने नारासहित स्वास्थ्य सम्मेलन हुन लागेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा त्रिकाल प्रोडक्सनको आयोजनामा हुन लागेको सम्मेलनले राष्ट्रको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्न बहुपक्षीय सामूहिक कार्यको महत्त्वलाई उजागर गर्ने लक्ष्य लिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व एवं सरोकारवालाहरु, स्वास्थ्यकर्मीहरू र आम नागरिकबीच छलफल गराउँदै सम्मेलनले स्वास्थ्य क्षेत्रमाका चुनौती र आवश्यकताको पहिचान सहित परिपूर्तीको आधारलाई पहिल्याउँदै भविष्यको मार्गचित्र तयार पार्ने बताइएको छ । उद्घाटन सत्र लगत्तै नेपालको जनस्वास्थ्यमा जलवायु परिवर्तनको असर,नेपालमा दिगो स्वास्थ्यको लागि जीवनशैलीको परिदृश्य र पुर्नमुल्यांकनको आवश्यकता कति ? भन्ने बहसमा नेपालको चिकित्सा शिक्षा गरी ३ वटा विषयमा विज्ञहरुसँग छलफल हुनेछ ।

'मेरो स्वास्थ्य मेरो अधिकार' भन्ने विश्व स्वास्थ्य संगठनको यस वर्षको नारा अनुसारै सम्मेलनको दोस्रो दिन आम नागरिकको चासोको विषय स्वास्थ्य व्यवसाय वा सेवा, यस्तै सरकारले सबैको स्वास्थ्यमा पहुँच विस्तार गर्ने उद्देश्यले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमको चुनौती र अवसरका विषयमा सम्मेलनमा छलफल हुनेछ ।

'बढ्दो सूचना प्रविधि र स्वास्थ्य पर्यटनको अवसरका साथै नसर्ने रोग र क्यान्सर जस्ता जटिल स्वास्थ्य समस्या एवं विपद्ले निम्त्याउने स्वास्थ्य चुनौतीसंगको लडाँईमा सेवाग्राहीको भोगाई एवं सरकारको नीति तथा योजनाका सम्बन्धमा विज्ञहरुबीच छलफल हुनेछ,'आयोजकले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन हुनेछ । नेपाल स्वास्थ्य सम्मेलनको पहिलो संस्करण २०७७ चैतमा काठमाडौंमा समपन्न भएको थियो ।

प्रकाशित : वैशाख २, २०८१ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?