भण्डारीलाई इन्टरनेशनल फ्रेन्डसिप गोल्ड अवार्ड


काठमाडौँ — नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीलाई मलेसियन स्काउट महासंघ (पीपीएम) ले इन्टरनेशनल फ्रेन्डसिप गोल्ड अवार्डबाट सम्मानित गरेको छ ।


बी-पी हाउस क्वालालम्पुरमा आयोजित समारोहमा स्काउटिङ अभियानमा अतुलनीय योगदान पुर्याएको भन्दै भण्डारीलाई सम्मान गरिएको हो । उनीसहित पाँच व्यक्तिलाई सम्मान गरिएको छ ।
पीपीएमका कार्यवाहक प्रमुख स्काउट मेजर जेनरल प्रा दातो डा. मोहम्मद जिनबिन बिदिनले उक्त सम्मान प्रदान गरेका थिए ।।
विगत लामो समयदेखि भण्डारीले नेपाल स्काउट तथा विश्वस्काउटको क्षेत्रमा गरेको योगदानको कदर गर्दै मलेसिया स्काउटले यो सम्मान प्रदान गरेको हो । नेपालमा सुस्ताउँदै गएको स्काउट अभियान भण्डारी नेतृत्वमा आए यता क्रियाशील भएको छ ।