कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चारुमती स्काउट एडभेन्चर क्याम्पको नवौं संस्करण सुरु

काठमाडौँ — चारुमती स्काउट क्रुको आयोजनामा हुँदै आइरहेको स्काउट एडभेन्चर क्याम्पको नवौं संस्करण सुरु भएको छ । बूढानीलकण्ठस्थित बीएमसीए स्कुलको प्राङ्गणमा उद्घाटन गरिएको कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई नजिकको सामुदायिक वन-जंगल र खोलानालामा विभिन्न खाले साहसिक क्रियाकलापमा संलग्न गराइने बताइएको छ ।

चारुमती स्काउट एडभेन्चर क्याम्पको नवौं संस्करण सुरु

३ दिनसम्म चल्ने उक्त क्याम्पमा विविध साहसिक क्रियाकलाप हुनेछन्; जसमध्ये ओमेगा जम्प, टायर क्रसिङ, बोटिङ, क्लाइम्बिङ, क्याम्प फायर प्रमुख हुन् । एउटा विद्यालयबाट करिब २ सय बालबालिका उपस्थित रहेको यस क्याम्पमा नेपालभरका विभिन्न स्थानका विद्यालयमा सञ्चालित क्रियु र ट्रुपमा आबद्ध करिब ३ हजार स्काउटहरू सहभागी हुने चारुमती स्काउट क्रुका संस्थापक दीपक केसी बताउँछन् ।

‘बालबालिकालाई व्यावहारिक ज्ञान प्रदान गर्न र उनीहरूभित्र भएका आँटलाई बाहिर निकाल्न हामी यस्ता क्याम्प आयोजना गर्दै आइरहेका छौं‚’ उनले भने ।

प्रकाशित : मंसिर २२, २०७९ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?