कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामानन्द गिरिको स्मृतिमा वक्तृत्वकला प्रतियोगिता

कान्तिपुर संवाददाता

काठमाडौँ — महेश संस्कृत गुरुकुल‚ देवघाटले स्वामी रामानन्द गिरिको पाँचौं स्मृति दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । गुरुकुलले काठमाडौंमा गरेको प्रतियोगितामा काठमाडौं उपत्यकाका ४६ विद्यालयका विद्यार्थीले भाग लिएका थिए ।

रामानन्द गिरिको स्मृतिमा वक्तृत्वकला प्रतियोगिता

महेश संस्कृत गुरुकुल तथा महेश सन्न्यास आश्रमका पीठाधीष स्वामी रमणानन्द गिरिको सभाध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संस्कृतिविद् जगमान गुरुङको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो ।

‘असल नागरिक निर्माणमा नैतिक शिक्षाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा आयुषा सापकोटाले प्रथम‚ सुतृष्ण पौडेलले द्वितीय‚ अञ्जन ढुंगेलले तृतीय स्थान हासिल गरे भने प्रसन्ना पुडासैनी र कुशा पोख्रेलले प्रोत्साहन पुरस्कार प्राप्त गरे ।

विजयी विद्यार्थीलाई प्रमुख अतिथि गुरुङ र सभाध्यक्ष गिरिले प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।

उक्त प्रतियोगितामा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. भागवत ढकाल, वरिष्ठ समालोचक प्रा. महादेव अवस्थी, सहप्रा. नवराज कट्टेल, सहप्रा. श्रीराम अधिकारी, प्रा. नुरापति पोख्रेल, महेश संस्कृत विद्यापीठका प्राचार्य कमल सुवेदी, महेश छात्र परिषद्का अध्यक्ष उपप्रा. उमेशप्रसाद घिमिरे, बैकुण्ठ घिमिरेलगायतको उपस्थिति थियो ।

प्रकाशित : श्रावण १२, २०७९ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?