कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

असंलग्न आन्दोलनको सफलताले मात्र विश्व शान्ति र एकता जोगाउँछ : बस्नेत

काठमाडौँ — राष्ट्रिय युवा परिषद्‍का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले असंलग्न आन्दोलनले मात्र विश्व शान्ति र एकता जोगाउन सक्ने बताएका छन् ।

असंलग्न आन्दोलनको सफलताले मात्र विश्व शान्ति र एकता जोगाउँछ : बस्नेत

अजरवैजानको राजधानी बाकुमा सुरु भएको असंलग्न आन्दोलनमा संलग्न राष्ट्रका युवाहरूको शिखर सम्मेलनमा नेपाली पक्षको प्रतिनिधि मण्डलको नेतृत्व गरेका बस्नेतले यस्तो बताएका हुन् ।

युवा शिखर सम्मेलनलाई सम्बोधन गर्दै बस्नेतले भने 'हामी भूगोलमा सानो वा विकासमा पछि परेका कारणले मात्र असंलग्न आन्दोलनमा लागेका होइनौं। हामी असंलग्न आन्दोलन मार्फत् सिङ्गो विश्वलाई यस्तो बनाउन चाहन्छौं जहाँ सबैले सबैको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गरुन् ।'

'विश्वशान्तिका अग्रदूत गौतम बुद्धका शान्ति सन्देशदेखि विगतमा विश्व समुदायमाझ नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्तावसम्म आइपुग्दा नेपाल असंलग्न आन्दोलनको एउटा नेतृत्वदायी राष्ट्रको रुरपमा रहेको छ,' बस्नेतले भने।

बस्नेतले असंलग्न आन्दोलनको सफलताले मात्र विश्वमा दिगो शान्ति, विकास, भातृत्व र एकतालाई सुनिश्चित गर्नसक्ने धारणा राखेका थिए । जुलाई २५ देखि २९ तारिखसम्म बाकुमा 'नन अलाइन्ड मुभमेन्ट युथ समिट २०२२' हुँदैछ ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेका बस्नेतसँगै युवा तथा खेलकुद मन्त्रालयका उपसचिव डा. कृष्णबहादुर घिमिरेले पनि युवा शिखर सम्मेलनमा भाग लिएका छन् ।

प्रकाशित : श्रावण ९, २०७९ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×