कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानद्वारा कृषि तथा पशुपन्छी तालिम केन्द्र हस्तान्तरण

काठमाडौँ — जापान सरकारले काभ्रेमा निर्माण गरेको कृषि तथा पशुपन्छी तालिम केन्द्रको नव निर्मित भवन लभ ग्रिन नेपाल(एलजीएन)लाई हस्तान्तरण गरेको छ । मंगलबार आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले भवन हस्तान्तरण गरेका हुन् । जापान सरकारको ग्रासरुट ह्युम्यान सेक्युरिटी प्रोजेक्ट अन्तर्गत ८५ हजार अमेरिकी डलरमा सो भवन निर्माण गरिएको छ ।

जापानद्वारा कृषि तथा पशुपन्छी तालिम केन्द्र हस्तान्तरण

सो अवसरमा सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत किकुताले नवनिर्मित तालिम केन्द्र समुदायको सम्पत्ति हुने र स्थानीय जनताको सेवा गर्ने विश्वास लिएको बताए । 'जापानमा अध्ययन गर्न नेपाली विद्यार्थीहरुको पहिलो समूह जापान गएको १ सय २० औं वार्षिकोत्सवको अवसरमा यो एउटा राम्रो परियोजना बनाइएको हो' राजदूत किकुताले भने ।

लभ ग्रिनले काभ्रेको पाँचखाल नगरपालिकामा विगतदेखि नै स्थानीय किसानलाई लक्षित गरेर तालिमहरु सञ्चालन गर्दै आइरहेको छ । जापानी दूतावासले जापान र नेपालका जनताको मित्रतालाई यसले झनै अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ ।


प्रकाशित : जेष्ठ ३१, २०७९ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?