कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानेबानीमा सुधार ल्याउन खाद्यले सप्ताहव्यापी दिवस मनाउने

काठमाडौँ — ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सप्ताहव्यापी विश्व खाद्य दिवस मनाउने भएको छ ।  खाद्य पदार्थमा स्वच्छता र गुणस्तर कायम राख्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गरिने विभागले जनाएको छ ।

खानेबानीमा सुधार ल्याउन खाद्यले सप्ताहव्यापी दिवस मनाउने

‘संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हकको सुनिश्चितता गरेको छ । नागरिकको खाद्य सम्बन्धी हकलाई परिपूर्ण बनाउँदै कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नाराअनुसार जेठ १८ देखि २४ गतेसम्म सप्ताहव्यापी रुपमा दिवस मनाउँदैछौं,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागका प्रबक्ता मोहनकृष्ण महर्जनले भने, ‘यस अवधिमा स्ट्रिट फुड स्वच्छता अभिवृद्धि कार्यक्रम गर्नेछौं ।’

त्यस्तै, दिवसका अवसरमा विभाग र मातहतका कार्यालयहरुबाट होटल, रेष्टुरेन्ट अनुगमन निरीक्षण एवम् स्तरीकरण गरी स्टिकर वितरण कार्यक्रम, खाद्य उद्यमी व्यवसायीहरुसँग खाद्य स्वच्छता एवम् अन्तर्क्रिया कार्यक्रम, खाद्य स्वच्छता तथा पोषणसम्बन्धी स्कुल शिक्षा लगायततका कार्यक्रम गर्ने जनाइएको छ । विभागका महानिर्देशक मतिना जोशी बैद्यले उपभोक्ताको खानेबानीमा सुधार, सुरक्षित खाद्य वस्तुको उपभोग र खाद्य सुरक्षाका निम्ति विश्व खाद्य दिवशको महत्वपूर्ण भूमिका रहेको बताइन् । दिवसकै अवसर पारेर खाद्य श्रृंखला, खाद्य स्वच्छता ल्याउन अभियान चलाइने उनले बताइन् ।

प्रकाशित : जेष्ठ १८, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?